रसुवा जोड्ने वैकल्पिक सडक दुईतर्फी सञ्चालनमा
काठमाडौं । बाढीका कारण मुख्य राजमार्ग क्षतिग्रस्त बनेपछि अवरुद्ध भएको रसुवा जिल्लाको यातायात पहुँचलाई सुचारु राख्न वैकल्पिक सडकको मर्मत तथा स्तरोन्नति गरी दुईतर्फी सञ्चालनमा ल्याइएको छ। त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग खण्ड पूर्ण रूपमा प्रभावित भएपछि ढिकुरे-बोरे भञ्ज्याङ-सानो खोला हुँदै पाटिखर्क जोड्ने वैकल्पिक मार्ग तयार पारिएको हो। मर्मत सुधारअन्तर्गत ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु […]

