हिम स्टार उर्जाले म्युचुअल फन्डहरुलाई छुट्याएको सेयरको ‘लक इन’ माघ १ गते सकिंदै

काठमाडौं । हिम स्टार उर्जा कम्पनीको म्युचुअल फन्डहरुलाई बाँडफाँड गरेको सेयरको लक इन अवधि माघ १० गत समाप्त हुने भएको छ ।यस कम्पनीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको ४६ हजार ६२५ कित्ता सेयरको लक इन अवधि आगामी माघमा समाप्त हुन लागेको हो । लक इन समाप्त भएपछि म्युचुअल फन्डहरुले होल्ड  गरेको सेयर बिक्री गर्न सक्नेछन् ।

नेकपा (एमाले)ले केन्द्रीय समिति र पदाधिकारी बढायाे

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय समितिमा पदाधिकारी संख्या १५बाट बढाएर १९जना पुर्याउने भएकाे छ । आज महाधिबेशन स्थलमा बसेकाे केन्द्रीय समितिकाे बैठकबाट पदाधिकारी संख्या १९ बनाउने निर्णय गरेकाे हाे । अब नेकपा (एमाले)मा अध्यक्ष १,उपाध्यक्ष ६,महासचिव १,उपमहासचिव ३,सचिव ९,स्थायी कमिटी ४५,पोलिटब्युरो ९९,केन्द्रीय कमिटी ३०१  हुनेछ । एस अघि २६गते साँझ बसेकाे सचिवालय बैठकबाट पदाधिकारी थप […]

१९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ । […]

मुग्लिन-पोखरा सडक छिटो सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिए ।जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता […]

सिंगटी हाईड्रोपावरले बोलायो १६औं वार्षिक साधारण सभा, लाभांश पारित गर्ने तयारी

काठमाडौं । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा आगामी पुस २१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्यूमा हुनेगरी आह्वान गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८१–८२ सम्मको वितरणयोग्य […]

युवराज ज्ञवाली नेकपा (एमाले) को पदाधिकारीमा चुनाव नलड्ने

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवाली जारि ११औं महाधिबेशनबाट निर्बाचित हुने नेतृत्वको पदाधिकारीमा  आकांक्षी नभएको बताएका छन् । नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा  गरका हुन् । काठमाडौंको भृकुटीमण्डपमा आइतबार (मंसिर २८) बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र […]

वीरगञ्ज महानगरले अतिक्रमण गरी व्यवसाय गरेकालाई हटायो

पर्सा । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए । उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर […]

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो। कम्पनीको यही प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो। राष्ट्र बैंकबाट स्वीकृत भएसँगै कम्पनीले अब छिट्टै सञ्चालक समितिको बैठक बोलाएर […]

नेकपा (एमाले) को ११ औ महाधिबेशनको बन्द सत्र दिउँसो १ बजेबाट सुरु हुने

काठमाडौं । नेकपा (एमाले) को ११ औ महाधिबेशनको बन्द सत्र दिउँसो १ बजेबाट सुरु हुने भएको छ । आज बिहान ८ बजेबाट महाधिबेशनको बन्द सत्र  सुरू गर्ने भनिएता पनि ९ बजेलाई केन्द्रीय समितिको बैठक राखेसँगै बन्द सत्रको कार्यक्रम सरेको हो । केन्द्रीय समितिको बैठक ९ बजे बस्ने भनियपनि ११ बजे मात्र सुरू भएको छ । […]

कोरला सडकमा ८२ प्रतिशत बजेट सकियो, लागत १५ अर्ब नाघ्न सक्ने अनुमान

मुस्ताङ । उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा ८ अर्ब २० करोड खर्च भएको छ । २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर सडकको […]