नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबारका लागि साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे देखि सुरु हुने छ । कम्पनीको २६औं वार्षिक साधारणसभाको मुख्य […]

पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आउँदै 

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन पश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका […]

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ […]

नेपाल बीमा प्राधिकरणद्वारा सिरहा जिल्लामा रहेका बीमा कम्पनीका शाखा प्रमुखसँग छलफल 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार (मङ्सीर २६ गते) सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम बीमा व्यवसाय गर्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए । निर्देशक […]

रोहितले जिते एनपीएलको कार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्।  एनपीएलको फाइलनमा लुम्बिनीलाई उपाधि जिताउँदै उनी सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन्। सर्वोत्कृष्ट नेपाली खेलाडी भएसँगै उनले कार पुरस्कार पाएका छन्। सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा रोहित तीन विकेट लिएका थिए। उनको एनपीएलमा नौ विकेट भएको छ। त्यस्तै, फाइनल खेलमा […]

एनपीएलमा कसले के पुरस्कार जिते ?

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनीले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी एनपीएल दोस्रो सिजनको च्याम्पियन बनेको हो। उपाधिसँगै लुम्बिनीले एक करोड १० रुपैयाँ पुरस्कार पनि जितेको छ। त्यस्तै, उपविजेता सुदूरपश्चिमलाई ५१ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले […]

एनपिएलको उपाधि लुम्बिनीलाई, सुदूरपश्चिम ६ विकेटले पराजित 

काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल) क्रिकेटको दोस्रो संसरणको उपाधि लुम्बिनी लायन्सले जितको छ । आज भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभरमा  ४ विकेट गुमाएर पुरा गर्‍यो । उसका लागि दिनेश अधिकारीले ४२ रनको पारी खेले । उनले जम्मा […]

कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर घोषणा, ४.२५ देखि अधिकतम ७.२५ प्रतिशतसम्म

काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८२/८३ मा कोष तथा निवृत्तभरण कोष रकममा उपलब्ध गराउने र सञ्चयकर्ता सापटीमा लिने वार्षिक ब्याजदर पुनरवलोकन गरी २०८२ पुस १ देखि लागू हुने गरी नयाँ वार्षिक ब्याजदर घोषणा गरेको छ। कोषले न्यूनतम ४.२५ देखि अधिकतम अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको हो। कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको ब्याज […]

राजस्व चुहावट नियन्त्रणमा सक्रिय हुँदै सशस्त्र प्रहरी, साढे १३ करोडको तस्करी सामान बरामद

वीरगञ्ज (पर्सा)। सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले चालू आर्थिक वर्षको झन्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्दै आएको छ। सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरेर भित्र्याइएका १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य पर्ने वस्तु […]