सोनापुर मिनरल्सको भण्डै २ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिँदैछ । नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्तामध्ये १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयर लकइनमा रहेको थियो । कम्पनीको संस्थापकहरूको १ […]

बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, झण्डा आधा झुकाइने

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । भदौ १८ गते बसेको मन्त्रिपरिषदको बैठकले भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा १३ औं पुण्यतिथीको अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । यससँगै आज नेपालभरीका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास […]

यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’

काठमाडौं । ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् । यातायातको सहजतासँगै स्थानीयस्तरमा उत्पादन भएका खसीबोका ठूला सहरमा जान थालेपछि किसानलाई बेचबिखनमा पनि सहजता भएको हो । यसबाट आर्थिक उपार्जन पनि राम्रो भएको छ । पहिला दसैँ–तिहारजस्ता ठूला चाडपर्वका […]

पूर्वाञ्चल ल्बुब आयलको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १० बसेको सञ्चालक समितिको बैठकले २७ औँ साधारणसभाको असोज १६ गतेका बोलाएको हो । उक्त साधारणसभा अजोज १६ गते मोरङको विराटचोकमा रहेको नेपालीरिका होटलमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ […]

नबिल बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् प्रतिफल ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाघांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले […]

आजदेखि बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक […]

देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै […]

डलरको भाउ स्थिर, पाउण्ड र युरोको घट्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको थियो । […]

८२ सहकर्मी बेपत्ताको शोक बिर्सेर उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति बालेनद्वारा आभार व्यक्त

काठमाडौं । विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूप्रति बालेन शाहले आभार व्यक्त गरेका छन्। नुवाकोटको विदुर-६ स्थित केन्द्रीय कारागारमा पसेको बाढीका बीच सुरक्षार्थ खटिएका ५२ जना सुरक्षाकर्मीले ९२३ जना कैदीबन्दीलाई सुरक्षित माथिल्लो भवनमा सारेको र भाग्न खोजेका ५० जनालाई पुनः नियन्त्रणमा लिएर देखाएको साहसको चर्चा गर्दै […]

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

काठमाडौं । गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्का खम्बा ढालेपछि विद्युत् आपूर्ति बन्द भएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीकाअनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात […]