स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबार देखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौमा आयोजित एक समारोहका बीच स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे तथा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यवाहक अध्यक्ष कुमार राज […]

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

काठमाडौं । चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्। पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना बेपत्ता भएका छन्। पहिरोसँगै […]

रसुवा बाढी : १३ सय ४२ जना को मृत्यु, करिब ५ हजार बेपत्ता, १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं ।  रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या १,३४२ पुगेको छ भने ४,९९६ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २१ गते बेलुका ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट १,३४२ जनाको शव फेला परेको र १३,३९१ जनाको जीवितै उद्धार गरिएको जनाएको छ। प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा ३६२, […]

फेरिए रसुवाको सीडीओ

काठमाडौं । दुई महिनाको अवधिमै रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन भएका छन् । दुई महिनाअघि मात्रै रसुवाको प्रमुख जिल्ला अधिकारीको नेतृत्व सम्हालेका नरेन्द्र परियारलाई गृहमन्त्रालयमा तानिएको छ । आइतबार मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सीडीओ परियारको […]

१५ बैंक शाखाका ७८ हजारभन्दा बढी बचतकर्ता प्रभावित,एनआईएमबीका ग्राहक सबैभन्दा धेरै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका विभिन्न १५ बैंक शाखाहरूमा कुल ७८ हजार २०४ जना ग्राहकका निक्षेप खाताहरू जोडिएका छन्। बैंकगत विवरण अनुसार सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकहरू प्रभावित बनेका छन्, जसका स्याफ्रूबेँसी शाखामा १३ हजार ६५२ जनाको  ५९ करोड ३९ लाख ९६ हजार ८४० […]

लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने,यसका चुनौती कसरी चिर्ने भन्ने प्रश्न उठ्न थाल्यो: उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले अहिले लघुवित्त क्षेत्र महत्वपूर्ण चरणमा रहेको र यसको स्थायित्वका बारेमा चासो बढ्न थालेको बताएका छन् । आइतबार डा हरिहरदेव पन्तको ११ अौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले आगामी दिनमा लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने, यसमा आएका चुनौती कसरी चिर्ने भन्ने प्रश्न आउन […]

ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीहरूसँग भेटघाट गरेका छन्। आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाराधीन घाइते कर्मचारी र उनीहरूका परिवारसँग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन्। मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार […]

भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्यसम्बन्धी समस्या तथा आर्थिक भारसमेत व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो […]

बाढीले मनास्लु पदमार्ग अवरुद्ध

काठमाडौं । बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई पुल बगाएको गाेरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक […]

५ हजार अझै बेपत्ता,चार देशका विशेष सुरुङ टोली उद्धारमा खटिएः परराष्ट्र मन्त्रालय

काठमाडौं ।  गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १२ औँ दिन आइतबार (भदौ २१) पनि प्रभावित क्षेत्रहरूमा तीव्र रूपमा खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। परराष्ट्र मन्त्रालयले आज अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन स्वदेशी तथा अन्तर्राष्ट्रिय संयन्त्रहरू पूर्ण रूपमा परिचालन […]