परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री चो ह्युनबीच भेटवार्ता,बाढीपीडितको पुनरोत्थान र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) का विदेशमन्त्री चो ह्युनबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा दुवै परराष्ट्रमन्त्रीहरूले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै बेपत्ता भएका कोरियाली नागरिकहरूको खोजीसम्बन्धी विषयमा छलफल गरे। परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा अन्तर-निकाय […]

