नवदुर्गा देवगणको तेह्र वटा ‘ख्वापा’ तयार
भादगाउँ (भक्तपुर)। भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगण को ख्वापा (मुकुण्डो) यस वर्ष तयार भएको छ। भक्तपुर याछेंका ८० वर्षीय पूर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणमा प्रयोग हुने १३ वटा ख्वापा तयार पारेका हुन्। तयार भएका ख्वापा महानवमीको साँझ प्रदर्शन गरी देवगण बन्ने समूह (वनमाला) ले परम्परागत पूजासहित लिन […]

