सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौं । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् । ललितपुरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन् । नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र […]

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए । “बाँध, विद्युत्गृह, […]

पुल्चोकमा मेटलाइफ नेपालको नयाँ हेड आफिस उद्घाटन, प्रविधि र नवप्रवर्तनमार्फत सेवा सुदृढ

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा आफ्नो नयाँ हेड आफिस उद्घाटन गरेको छ । नेपाली परिवारहरूलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा यो महत्वपूर्ण उपलब्धि रहेको जनाएको हो । नयाँ हेड आफिसले मेटलाइफ नेपालको आधुनिक, चुस्त तथा भविष्यतर्फ उन्मुख संस्थाको रूपमा भएको विकासलाई प्रतिबिम्बित गर्दछ । आधुनिक पूर्वाधार, […]

कम्युनिस्ट पार्टीहरू आदर्शअनुसार चल्न नसक्दा चुनावी हार : विद्या भट्टराई

काठमाडौं । निर्वाचनको परिणामपछि नेकपा एमालेभित्र आन्तरिक समीक्षाको लहर सुरु भएको छ। यसै क्रममा एमाले नेतृ तथा पूर्वमन्त्री विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नो मूल दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा वर्तमानको निराशाजनक परिणाम भोग्नुपरेको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भट्टराईले कम्युनिस्टहरू परिवर्तनको पक्षधर हुन् भन्ने मान्यता दर्शन र आदर्शवादी व्यवहारबाट निर्माण हुने […]

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वितीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरकक्षण कोषमा रहेको रकम लागानी गर्नु परेको ले इच्छुक बैंक तथा वितीय संस्थालाई सहभागिताको लागि आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार मार्च १९, २०२६ देखि मार्ज १९ , २०२७ […]

१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाई गर्ने भएको छ । आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गर्ने लागेको हो । उनीहरुलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिदैछ । […]

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध […]

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौं ।  पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको सुरक्षामा जोड दिएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो । हालै दक्षिणी लेवनानमा भएको आक्रमण तीन जना शान्ति सैनिक घाइते भएको घटनालाई लिएर राष्ट्रसङ्घका सदस्य मुलुकसँगै नेपालले […]

नाडा निर्वाचनसम्बन्धी रिट निवेदन पाटन उच्च अदालतद्वारा खारेज, नव–निर्वाचित कार्यसमितिको शपथग्रहणको बाटो खुला

काठमाडौं ।  नेपाल अटोमोबाइल्स एसोसिएशन (NADA) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदनलाई पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतमा मुद्दा विचाराधीन रहँदा संस्थाले न्यायालयप्रतिको सम्मान र विधिको शासनप्रतिको प्रतिबद्धता जनाउँदै नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो। आज अदालतले रिट खारेज गरेसँगै सम्पूर्ण कानुनी अवरोध हटेको छ र नव–निर्वाचित कार्यसमितिको […]

हार स्वीकार्दै केपी ओलीले भने, ‘जनताको फैसला शिरोधार्य छ’

काठमाडौं । हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा र आफ्नो पार्टीले अपेक्षा गरेअनुसारको सिट हासिल गर्न नसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकार गर्दै सार्वजनिक प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका हुन्। लोकतन्त्रमा जनताको फैसला नै अन्तिम […]