Infinix GT 20 Pro नेपाली बजारमा, अत्याधुनिक गेमिङ प्रविधि र आकर्षक साइबर मेका डिजाइनसहित

काठमाडौं । मोबाइल इनोभेसनलाई पुनःपरिभाषित गर्ने प्रतिष्ठित ब्रान्ड Infinix ले आफ्नो प्रतिक्षित श्रृंखला फोन- adrenaline-fueled GT 20 Pro नेपाली बजारमा  लॉन्च गरेको छ। । यो GT 20 Pro स्मार्टफोनको मूल्य १२+२५६ जीबीको लागि NRS ४७,९९९ निर्धारण गरिएको छ र तपाईंले यो नजिकको मोबाइल  आउटलेटहरूमा र अनलाइनमा Daraz मार्फत खरिद गर्न सक्नुहुन्छ। यो नयाँ स्मार्टफोनले आफ्नो […]

मेड इन नेपाल हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रतो लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यु बिक्री वितरण सुरु भएको छ। नेपालमा नै हुन्डाई भेन्युको को व्यवसायिक उत्पादन गरिएको कुरालाइ ध्यानमा राखी हुन्डाई नेपालः मेड फर योर जोर्नी (HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY )ग्राहकमुखी योजना ल्याएको छ। यस योजनामा हुन्डाई भेन्यू खरिद […]

सार्वजनिक निष्कासन स्वीकृत हुन थाल्यो, १०० रुपैयाँमा आईपीओ ल्याउने कम्पनी प्रथामिकतामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक निष्कासन अनुमति दिन थालेको छ। झन्डै ६ महिना अवरुद्ध भएपछि बोर्डले गत शुक्रवारदेखि पुनः निष्कासन स्वीकृति दिन थालेको हो। सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिए पछि कम्पनीहरुको सार्वजनिक निष्कासन प्रक्रिया अवरुद्ध रहेको छ। सेबोनले शुक्रबार हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद स्वीकृत गर्दै निष्कास प्रक्रिया पुन खुला गरेको […]

मर्जरसँगै जाल्पा र किसान लघुवित्तको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरसँगै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का राखेको छ । जाल्पा र किसान  एक आपसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममाबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति प्राप्त गरेको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने […]

भ्रष्टाचारको आरोपी मुख्यसचिवलाई विशेष पद सिर्जना गरी योजना आयोगमा सारियो

काठमाडौं ।टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको निलम्वित मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्। सोमबारको मन्त्रीपरिषद्को बैठकले निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो । […]

नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांस पारित गर्न सभा बोलाएको हो । कम्पनीले असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौंमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। […]

सुनको मूल्य बढ्दा चाँदीको मूल्य ५ रुपैयाँले बढ्यो

काठमाडौं ।  सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार सुन प्रति तोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार छापावाल सुन प्रति तोला […]

धनगढीमा तीनदिने बालचलचित्र महोत्सव सम्पन्न

काठमाडौं । चलचित्र विकास बोर्डकि आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय बालचलचित्र महोत्सव(२०८१ आइतबार सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुतीसंगै विभुता सिटौला निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शन गरिएको थियो । तीन दिनसम्म चलेको […]

अकबरे खुर्सानी महँगियो, आँपको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथातरकारी बजारमा हरियो खुर्सानीको मूल्य बढेको छ। ऋाज हरियो अकबरे खुर्सानीको भाउ १५४.७१ प्रतिशतले बढेको छ। आइतबार औसतमा १७६.६७ रुपैयाँ प्रति किलो कारोबार भएको अकबरे खुसार्नी सोमबारको मूल्य ४५० रुपैयाँ पुगेको छ। आज आँपको भाउ घटेको छ। आइतबार औसतमा ८५ रुपैयाँ प्रति किलो कारोबार भएको मालदह आँप आज ६५ रुपैयाँमा र […]

आज सातै प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था कोशी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली […]