ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रालिका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रालिका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरे। […]

सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुनेः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा अघि बढ्ने विश्वास व्यक्त गरिन्। उनले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि […]

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एचएस) कोड अनिवार्य गरेका हुन् । एसएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो । मूल्य अभिवृद्धि कर (२६औं संशोधन_ नियमावली–०८१ […]

नेपाल टेलिकमको एफटीटीएस/आईपीटीभी तथा जीएसएम मोबाइलमा विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (२०८१ असार १) देखि लागु हुने छन् । अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत रु. ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अनलिमिटेड अन–नेट भ्वाइस) […]

गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो नेपालमा सार्वजनिक हुने

काठमाडौं । युवा उपभोक्ताहरूका लागि तयार पारिएको इन्फिनिक्सले हालै विश्वव्यापी रूपमा इन्फिनिक्स जीटी २० प्रो लन्च गरेको छ र नेपालमा पनि चाँडै लन्च गर्दैछ। यो इन्फिनिक्सको डुअल चिप्स(Dual Chips) सहितको पहिलो फ्ल्यागशिप एस्पोर्ट्स-स्तरको फोन हो। दक्षिण एशिया (CSA) क्षेत्रहरूमा प्रतिष्ठित PUBG मोबाइल सुपर लिग (PMSL) को लागि आधिकारिक गेमिङ फोनको रूपमा, Infinix ले मोबाइल गेमरहरूलाई अतुलनीय […]

बझाङ्गको चैनपुरमा प्रभु बैंक को ३०४ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ ३२ गतेदेखि जयपृथ्वी नगरपालिका वडा नम्बर १० बझाङ्ग मा स्थित चैनपुरमा आप्mनो ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा […]

फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरशीप’, अवलोकनकर्ता लाभान्वित हुने

काठमाडौं । दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्धेश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमका बीच आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध […]

२०२४ यूरो कप उद्घाटन समारोहमा भिभो भि ३० को रौनकता

काठमाडौं । विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिएको फुटबल प्रतियोगिताहरू मध्ये एक, युरोपेली फुटबल च्याम्पियनशिप ९यूरो कप २०२४० जुन १४, २०२४ अर्थात् आजदेखी जर्मनीको म्युनिक फुटबल एरिनामा विश्वभरका फ्यानहरूको उत्साहको बीच शुरू हुदैछ । २०२२ फिफा विश्वकप पछि आधिकारिक साझेदारको रूपमा अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्किएको भिभोको लागीे यूरो कप युरोपभरका शीर्ष टोलीहरू एकसाथ ल्याउने खेलकुद घटना […]

युरो २०२४ः उद्घाटन खेल जर्मनी र स्कटल्याण्डबीच

काठमाडौं ।युरो २०२४ शनिबार बिहानदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल आयोजक जर्मनी र स्कटल्याण्डबीच हुनेछ। जर्मनी र स्कटल्याण्डबीच खेल नेपाली समय अनुसार शनिबार म्युनिखमा ०ः४५ मा खेलिनेछ।

ओलीको बजेट फेल गराउने धम्कीपछि श्रेष्ठलाई सेबोन दिन प्रचण्ड गले

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले बजेट नै फेल गराउने धम्की दिएपछि प्रधानमन्त्री प्रचण्ड गलेका छन् । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तीको विषयलाई लिएर प्रचण्ड र ओलीबिच आ आफ्नै अडान कायम थिए । ओलीले सन्तोष नारायण श्रेष्ठका नाममा अडान कसेका थिए भने प्रचण्डले श्रेष्ठ बाहेकका उम्मेदवार अघि सार्न सकिने भनेका थिए । तर बुधबार प्रधानमन्त्रीलाई […]