मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रिसव गौतम पश्चिम एसियाको इस्लामिक गणतान्त्रिक देश इरानमा फेबु्रअरी २८, २०२६ का दिनबाट सुरु भएको युद्धको क्रममा अहिलेसम्म एक हजार २५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । अन्तरराष्ट्रिय समाचार संस्था एलजजीरा न्युजले मार्च ९ मा प्रकाशित गरेको समाचारअनुसार अमेरिका, इजराइल र इनरानबीच भएको युद्धका क्रममा सोमबारसम्म एक हजार २५० जनाको मृत्यु भएको उल्लेख छ […]

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौं ।  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानमाथि दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ । सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको […]

महिला र बालिकाको न्याय पहुँच सुदृढ पार्ने अभियानमा नेपालको महत्वपूर्ण प्रगति : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभइ लैंगिक समानताको आधारस्तम्भ भएको बताएकी छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी आयोगको ७०औँ सभामा सम्बोधन गर्दै उनले उक्त सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिन् । नेपालले उक्त प्रतिबद्धतालाई संविधानमा सुनिश्चित गरेको […]

भुगोल ईनर्जी डेभलपमेन्ट कम्पनीको लक इन अवधि वैशाख २ गते सकिंदै

काठमाडौं । भुगोल ईनर्जी डेभलपमेन्ट कम्पनीको संस्थापक समूह तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि २०८३ वैशाख २ गते सकिने भएको छ । कम्पनीको कुल ३९ लाख १२ हजार ८१४ कित्ता सेयरको लकइन अवधि सकिना लागेको हो। हाल कम्पनीका संस्थापकहरुको ३८ लाख ८ हजार ३७४ कित्ता, स्थानीयको ८५ हजार २० कित्ता र कर्मचारीहरुको १९ […]

होटल फरेष्ट इनको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा होटल फरेष्ट इन लिमिटेडको सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा कम्पनीको २ करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको ४० लाख कित्ता र संस्थापक समूहको  १ करोड ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९०.६५ रुपैयाँदेखि २७१.९५  […]

यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई जाँदै

काठमाडौं । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना प्रकाशन गर्दै आज राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो […]

महालक्ष्मी विकास बैंकद्वारा दिगो बैकिङ्ग र वातावरणीय संरक्षणमा दुईदिने कार्यशाला

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराँउदै आएको महालक्ष्मी विकास बैंकले २०८२  फागुन २४–२५ गते बैंकको वाषिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रबद्र्धन प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा […]

सामाजिक सुरक्षा कोषमा १ खर्ब ४ अर्ब पुग्यो योगदान रकम, कहाँ भएको छ लगानी ?

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुको १ खर्ब ४ अर्ब १० करोड भन्दा बढी रकम जम्मा भएको छ । माघमा यस कोषमा १ खर्ब १ अर्ब ९७ करोड रुपैयाँ जम्मा थियो । २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरुको औपचारिक आरम्भ भएको थियो । यसले योगदानकर्ताहरुबाट रकम संकलन गर्न २०७६ साउन १ गतेदेखि थालेको […]

नेप्से सँगै घट्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घटेको छ । बजार २७९६.५७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख १५ हजर ५५० पटक्को कारोबार हुँदा ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने १३ अर्ब १८ करोड […]

सार्वजनिक संस्थान वर्गीकरणमा नयाँ सरकारलाई ‘रातो कार्पेट’

काठमाडौं । अर्थ मन्त्रालय सार्वजनिक संस्थानलाई लिएर सकारात्मक रहेको छ । सरकारलाई आर्थिक भार पारिरहेको सार्वजनिक संस्थानलाई आवश्यकता अनुरुप वर्गीकरणका लागि मन्त्रालय तयार रहेको छ । सार्वजनिक संस्थानले सार्वजनिक वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्न सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालित व्यवस्थापकीय स्वात्तता प्राप्त गरी सञ्चालनमा रहेका थिए । लोककल्याणकारी राज्यको अवधारणालाई अनुसरण गर्दै आधारभूत […]