तल्लो सेती जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन मन्त्रालय पठाइयो

दमौली (तनहुँ) । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ। आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो। यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको परीक्षण सुरुङ […]

समाज लघुवित्तको नाफा २४ प्रतिशतले घट्यो

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्ष (आव)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले नाफा घटेको बताएको हो । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ३९ लाख २१ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा खुद मुनाफा २३.५६ प्रतिशतले कम हो । गत आवको […]

रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले टीकापुर हत्याकाण्डकै कारण पक्राउ गरेको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरेको हो । चौधरीलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै नियन्त्रणमा […]

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए । वडाले आफूहरुका लागि तीर्थयात्राको व्यवस्था गरेकामा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरे । […]

अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला

भक्तपुर । सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि आज अक्षय तृतीयाका दिन केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएकाले आज दर्शनार्थीका लागि चार वटै ढोका खुल्ला गरेर मन्दिर भित्र प्रवेश गरी आफैँले पूजा गर्ने व्यवस्था […]

आज नेपाली गोलभेँडा ४०, प्याज ३८ रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ३६, आलु […]

सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ । कम्पनीले २०८२ बैशाख १५ गतेबाट बैशाख ३० गतेसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा […]

आजसम्म कायम शेयरधनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको बुधबारसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरे सँगै वैशाख १६ गते बुधबारसम्म कायम शेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा वैशाख २८ गते गर्ने निर्णय गरेको […]

नेरुडे मिर्मिरे लघुवित्तको  साढे ३ लाख बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिर लघुवित्त वित्तीय संस्थाले ३ लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । उक्त शेयर संस्थापक शेयरधनीका साथै सर्वसाधारणले समेत खरीद गर्न सक्नेछन् । यसअघि संस्थाका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना निकालेर शेयर बिक्रीमा राखिएकोमा खरिद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो। इच्छुक लगानीकर्ताले शेयर […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]