दशैंमा नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न नेपाल राष्ट्र बैङ्कको अनुरोध

काठमाडौं । सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भनेर  नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ । सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सहयोग पुग्छ । नोटहरू जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुन्छ । […]

नवरात्री पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा […]

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ […]

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड-आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । दुई कम्पनी बिच भएको सम्झौताअनुसार, नबिल […]

एसजेवीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्याे एक करोड सहयोग

काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेका एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । एसजेवीएनले अविरल वर्षका कारण बाढीपहिरो र डुबानमा परेकाहरूलाई राहत उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो । कम्पनीले आज अर्थात् (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमै […]

कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ राजधानीको सभागृह परिसरमा जारी

काठमाडौं । राजधानीको राष्ट्रिय सभागृहमा ”नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ चलिरहेको छ । प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ । यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, […]

बाढीपहिरोको राहत तथा उद्धारका लागि प्रभु समुहको पौने २ करोड सहयोग

काठमाडौं । बाढीपहिरोको राहत तथा उद्धारका लागि प्रभु समुहको पौने २ करोड रुपैयाँ सहयोग गरेको छ । असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परीप्रेक्षमा राष्ट्रिय विपदको यस दु:खद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, […]

अनलाइन कारोबारलाई सुरक्षित बनाउन महालक्ष्मी विकास बैंकले थप्यो भिसा ३डी सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ । यस सुविधा थप गरे […]

लुम्बिनी विकासले बेष्ट बैंक नेपालसहित ५ उपाधि जित्यो

काठमाडौं । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले सोमबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता […]