आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।आज राति देशभर मौसम […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर […]

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर। गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् । ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका बासिन्दाले कुटानी–पिसानीका […]

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु। दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ । “अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध पासाङ शेर्पाले भने, “बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको […]

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सवा ३६ अर्ब लाग्ने

काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । जेनजी आन्दोलनमा भएको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । समिति संयोजक एवं राष्ट्रिय योजना आयोग सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा […]

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । लुम्बिनी लायन्स पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । […]

बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४६ अर्ब बराबरको सेयरधितो कर्जा प्रवाह, कुन बैंकबाट कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को कात्तिकसम्म बैंक तथा वित्त कम्पनीहरुबाट १ खर्ब ४६ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनमा यो रकम […]

खानेपानी संस्थान धनगढीले २ करोड ३१ लाख बक्यौता उठाउन बाँकी

कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दुई करोड बढी रहेको छ । कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१र८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम रु दुई करोड ३१ लाख […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आइपीओ बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई मंसिर २५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ लाख ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा […]

नेताहरु भाषण मात्रै गर्ने भए तर भाषणले रासन दिँदैन: सुशीला कार्की

काठमाडौं । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुनावको तयारीमा मात्र नलागी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ। प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहेका छन् । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी […]