प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले किन्न पाउने

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक समुहको शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनको समय सिमा राखी बिक्री खुला गरिएको थियो। तोकिएको समयमा , संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि आबेदन  नपरेकोले सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । शेयर खरिद […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रिमा बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको १ लाख ५८ हजार ६६० कित्ता शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । बैङ्कले आज एक सुचना प्रकाशित गर्दै इच्छुक संस्थापक शेयरधनीले  शेयर खरिदका लागि ३५ दिन भित्र  आबेदन दिन भनेको छ । शेयर खरिद […]

नेसनल फन्डले रद्द गर्यो प्रिमियमा अवितरित हकप्रद शेयर बेच्नेको योजना

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टको अवितरित हकप्रद शेयर बेच्ने प्रक्रिया रद्द गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी हिजो (भदौ ६ गते) जारी गरिएको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने सूचना हाललाई रद्द गरेको सुचना जारी गरेको छ । हिजोको सुचनामा नबिकेको हकप्रद शेयर अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरी लिलामी […]

देशभरि मनसुनी वायु सक्रिय केही ठाउँमा भारी वर्षा हुने अनुमान

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ। हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी अहिले बागमती, गण्डकी, […]

पोखरा विमानस्थल निर्माणमा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनलाई नेपाल सरकारको अनुरोध

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका […]

एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग जाकारी दिएका हुन् । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, […]

६६ अर्ब ५२ करोड पुग्यो निर्जीवन बीमा कम्पनीहरुको लगानी रकम, सबैभन्दा बढी लगानी गर्नेमा सिद्धार्थ इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको लगानी बढेको छ । मुलुकमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनीहरुले सरकारी तथा निजी  कोषहरुमा गरेको लगानी रकम ६६ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मुलुकमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमाहरुले गत आर्थिक वर्षमा ६६ अर्ब ५२ करोड २० हजार रुपैयाँ सरकारका विभिन्न कोषमा […]

सरकारले तीन दिनभित्र फाइलमा निर्णय दिने

काठमाडौं । सरकारले तिनदिन भित्र कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास  गर्ने भएको छ । सो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा  प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपि शर्मा ओलीका अनुसार तीन […]

शर्तसहित टिकटक खोल्ने सरकारको निर्णय, प्रचण्ड सरकारले लगाएको प्रतिबन्ध ओली सरकारले हटायो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध फुकुवा गरेको छ। आज (बिहीबार)को मन्त्रिपरिषद्को बैठकले टिकटक माथिको प्रतिबन्ध हटाएको हो। शर्तसहित टिकटक खोल्न दिने मन्त्रिपरिषद्को निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यस अघि साउन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबै समाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन […]

स्वास्थ्य बीमाले सुरु गर्यो नयाँ सुविधा थैली

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन सुरु भएको छ  । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए । बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको […]