कम्बोडियाको आर्थिक वृद्धि सीमा विवाद र अमेरिकी शुल्क वृद्धि को कारण सुस्त: विश्व बैङ्क

नोमपेन (कम्बोडिया)  । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आर्थिक प्रतिवेदनले जनाएको छ । कम्बोडियाको अर्थतन्त्र सन् २०२५ मा ४.८ प्रतिशतले बढ्ने अनुमान विश्व बैङ्कले गरेको थियो जुन सन् २०२४ मा ६ प्रतिशत थियो । सम्पत्ति बजार मन्दीले घरेलु माग र निर्माण गतिविधिलाई कमजोर बनाएको […]

आज पनि रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ। उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको थियो । तर मुद्दाको मिसिलमा जाहेरवालाका कानुन व्यवसायी शालिकराम पौडेलको नाम वकालत नामामा समावेश […]

पूर्वराष्ट्रपति भण्डारीले गरिन् आगजनी र तोडफोडले क्षतिग्रस्त संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गरेकी छिन् । केही समयअघि जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी भवन परिसरमा पुगेकी हुन् । निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको मुख्य गेट, सभाहल, बैठक कक्ष लगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट […]

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौँ  । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् […]

बुद्धभुमि हाइड्रोपावर नेपालको सञ्चालकमा नीर क्षेत्री नियुक्त

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्रीलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषी  प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाका कामू सिईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि भिआरएस लिएर बाहिरीएपछि सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई काम सीईओ नियुक्त गरिएको हो । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । […]

किसानले बिक्री गर्ने दूधमा नगरपालिकाले दिन थाल्यो अनुदान

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए। नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई […]

 नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल

काठमाडौं । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् […]

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले कति पाउँदैछन् बोनस ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१-८२ का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१-८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो […]

दराज नेपालद्वारा बृहत बचत तथा आकर्षक उपहारहरू सहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२) को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ । कम्पनीका अनुसार सेल […]