च्याम्पियन्स लिग : लिभरपुल पराजित, बार्सा बराबरीमा रोकियो

काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा लिभरपुल टर्कीको क्लब गालातासारेसँग १–० ले पराजित भएको छ । खेल इस्तानबुलमा भएको थियो । अब दोस्रो लेग मार्च १८ मा एनफिल्डमा हुनेछ । खेलको सातौँ मिनेटमै मारियो लेमिनाले हेडमार्फत गोल गर्दै गालातासारेलाई अग्रता दिलाए । यो सिजन कर्नरबाट लिभरपुलले बेहोरेको १०औँ गोल हो । घाइते […]

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई एक करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकारबीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले यो रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार यो सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव […]

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० […]

शिखर पावर डेभलपमेन्टको आईपीओमा कति पर्याे आवेदन  ?

काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओमा १६ गुणा बढी आवेदन परेको छ । कम्पनीले १८ लाख ४२ हजार ६ सय कित्ता शेयरको लागि आवेदन माग गरेकोमा मंगलबार अन्तिम दिनसम्ममा २७ लाख ६६ हजार ५१० आवेदकबाट ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरको लागि आवेदन परेको छ । यो माग भन्दा १६.६८ […]

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको हो । कम्पनीको आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने भएको छ । यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै […]

समानुपातिकतर्फ १ करोड ७ लाख बढी मत गणना, कुन दलले कति मत पाए ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ । […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा बन्याे पहिलो दल

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । रास्वपाले रुपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ । जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्माचनमा कुल ६ लाख ७२ हजार ५२३ मतदाता कायम रहेका थिए । जसअन्तर्गत २१ फागुनको […]

कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

सुर्खेत । प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ। प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ […]