नयाँ बीमालेख ल्याउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता […]

एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत […]

अर्बों राजस्व छली गर्ने २५ ठूला कम्पनी माथि कर कार्यालयको ताकेता

काठमाडौँ । अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीहरुलाई ठूला करदाता कार्यालयले १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । करदाता कार्यालयले पाँच सिमेन्ट उद्योगसहित २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता गरेको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेड, शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि, बिशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि र कसमस सिमेन्ट […]

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् । महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फउन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताइन् । २५ हजारका दरले लगानी गरेर उद्योग सञ्चालन […]

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

बारा ।  बारामा यस वर्ष १० हजार मेट्रिकटन दलहन उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए। उत्पादित दलहनको  प्रतिक्विन्टल  १० हजार रुपैयाँको दरले बिक्रीवितरण भइरहेको र यसवर्ष यहाँका किसानले १० अर्ब ३० […]

१अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र २०८६ निष्काशन गर्ने भएको छ । आइतबार देखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने र जेठ २९ गते निष्काशन हुनेछ । वैदेशिक रोजगारीमा सङ्लग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैर-आवासीय नेपालीले बचतपत्र खरिद […]

अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक भएको जनाएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउँदै चेम्बरले सो जानकारी दिएको हो । यस्तै, चेम्बरले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चलयमान बनाउन सरकारलाई सुझाव समेत दिएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले सिंहदरबारमा […]

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौँ । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । उनले चालु आर्थिक […]

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजना प्रभावित

काठमाडौं । प्राथमिक हकप्रद शेयर (आइपिओ) निष्काषनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित […]

सिटिजन लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बोनश शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालन समितिको १ सय ६ औं बैठकले कम्पनीको शेयर प्रिमियम रकमबाट हाल विद्यमान चुक्त पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६ ददशमलव ९८४१ प्रतिशत अर्थात् १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा सोको […]