नयाँ वर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा ”लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स” अफर

काठमाडौं । नववर्ष २०८२ को अवसरमा, सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले “लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स” नामक विशेष अभियानको शुभारम्भ गरेको छ। यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन्। उक्त अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो। एलिका का उत्पादनहरू […]

नेपाल बारमा विजय मिश्रको नेतृत्व विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारी समितिको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले पछि पारेका छन्। मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्। चैत २३ गते शनिबार मतदान सम्पन्न भएकामा बिहीबार मतगणना सकिएको हो। निर्वाचन […]

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । राजधानी काठमाडौंमा यही चैत २९ गतेदेखि ३१ गतेसम्म तीन दिने तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना हुने भएको छ। सो सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) को अगुवाइमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय को संयुक्त सहयोगमा आयोजना गरिनेछ। टुवाडर्स सेफ सस्टेनेबल इफिसियन्ट एण्ड रेजिलियन्ट मोबीलिटि भन्ने मुख्य नारासहित आयोजना गरिन […]

फेरि २६०० मा झर्यो नेप्से, ५ अंकले घट्दा सवा १ अर्बले बढ्यो कारोबार

काठमाडौं । बुधबार बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने सामान्य अंकले घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.१८ र सेन्सेटिभ […]

वाणिज्य बैंकहरुको नाफा ३ प्रतिशतले बढ्यो  

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ (साउन देखि फागुन) महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.८१ प्रतिशत अर्थात् १ अर्ब १८ […]

चितवनमा दिपल इभीको औपचारिक विक्रीवितरण सुरु, नयाँ शोरुमबाट विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट निकै रुचाइएको दिपल इभीहरुको विक्रीवितरणलाई औपचारिक रुपमा सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल […]

आगामी बजेट तयारीबारे प्रधानमन्त्रीले आज सबै मन्त्री र सचिवसँग छलफल गर्दे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज (बिहीबार) आगामी अर्थिक वर्ष २०८२‍/०८३ को बजेट तयारीबारे सबै मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]

काठमाडौं उपत्यकामा वर्षा, तुवाँलो पनि क्रमिक रुपमा हट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी र चट्याङसहित सामान्य वर्षा भइरहेको छ । बिहीबार मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताएका छन् । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी […]

गोर्खाज फाइनान्सको कामु सिइओमा न्यौपाने

काठमाडौं । गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपक न्यौपाने नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्काे व्यवस्था नहुँदासम्मका लागि न्यौपानेलाई कामु सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको फाइनान्सको सिइओमा हाल मुकुन्द श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी पनि अनिवार्य अवकाशमा जाने भएपछि समितिले न्यौपानेलाई उक्त जिम्मेवारी दिएको हो । […]

कर्णाली राजमार्ग अवरुद्ध

मान्म (कालीकोट) । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट […]