शेयर बजारको सबै सुचक घटे, नेप्सेमा ३१ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको अधिकांश सूचकहरु घट्दा कारोबार रकम बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.५३ अंकले घटेर ४७२.९७ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ३१४ वटा कम्पनीको १ करोड ८४ लाख […]

रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडियो

काठमाडौं । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्मित आयोजनाका ३७/३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन थालिएको छ । आयोजनाबाट बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरिएको थियो । परीक्षण सफल भएपछि अब क्रमशः बिजुली उत्पादन बढाउँदै लगिने नेपाल विद्युत् प्राधिकरणले […]

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

काठमाडौं । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकताअनुसार साटेर सेवाको फाइदा लिन सक्छन् । सधैं अनमा ग्राहकहरुले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग […]

कृषिमा ६ अर्बको क्षति गरेको मन्त्रालयको अनुमान

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गएको असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण संकलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरूलाई […]

नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले ओटावास्थित उनको कार्यकक्षमा त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग शिष्टाचार भेट गरेका छन् । ओटावास्थित नेपाली राजदूतावासले बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको जनाएको छ । दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै […]

राष्ट्रिय जीवन बीमा कम्पनीमा सीईओमा जागिर खाने अवसर

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटको प्रक्रिया शुरु गरेको छ । यस अघिको असोज १६ गतेको विज्ञापनबाट सीईओ छान्न नसकेको राष्ट्रिय बीमा कम्पनीले पुन छनोट प्रक्रिया अघि बढाएको हो । कम्पनीको सीईओ बन्न आवेदन दिएकामध्ये अन्तिम चार प्रतिस्पर्धी अन्तर्वार्ताबाट फालिएका थिए । अहिले कम्पनीले पुन: सूचना प्रकाशित गर्दै दरखास्त आह्वान […]

पतञ्जलि कृषि एवं पशुपक्षीजन्य सबैभन्दा बढी कर तिर्ने उद्योग

वीरगञ्ज। बारा–पर्सा कोरिडोरमा सञ्चालित पतञ्जलि आयुर्वेद प्रालि कृषि एवं पशुपक्षीजन्य उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । सरकारले कृषि एवं पशुपक्षीजन्य उद्योगतर्फ सबैभन्दा बढी कर तिरेको सो उद्योगलार्ई उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको हो । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेको भन्दै उद्योगलाई आन्तरिक राजस्व विभागले हालै एक कार्यक्रमबीच सम्मान गरेको […]

ठमेल, अकामा होटल र बन्दीपुर केबलकारले आईपीओको लागि दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा होटल तथा पर्यटन समूहका ३ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । जसमा ठमेल होटल प्लाजा,अकामा होटल र बन्दीपुर केबलकार एण्ड टुरिजमले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन । ठमेल होटलले १० करोड रुपैयाँ बरावरको १० लाख कित्ता, अकामा होटलले २२ करोड ५० […]

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलार्ई लाभांश घोषणा गरेको छ । कम्पनीले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मङ्सिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो […]

ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । दुई वाणिज्य बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बिहीबार ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुबै बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मङ्सिर ९ गते, आइतबार बुकक्लोज गर्दैछन । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा […]