अफगानिस्तानसँगको व्यापारमा नेपाल सदैव उच्च नाफामा

काठमाडौं ।नेपालले तेस्रो मुलुकसँग व्यापार गर्दा नाफा कमाउने मुलुकहरु सीमित रहेका छन् । नेपालले करिब ३५ देखि ४० मुलुकसँगको व्यापार नाफामा हुँदा सबैभन्दा धेरै भने अफगानिस्तानसँग रहेको भन्सार विभागले जनाएको छ । त्यसपछि क्रमशः डेनमार्क, रसियाआइसल्याण्ड, लाओ, माल्दीभ्स, अष्ट्रिया लगायतका मुलुक रहेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले अफगानिस्तानसँगको व्यापारमा ६८ […]

घट्ने भयो बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेप

काठमाडौं ।  अब बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेप घट्ने भएको छ । बैंकहरूले अहिले कर्जा लगानी हुन नसकेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्दै आएका छन् । त्यस्तै कर्जा लगानी वा अन्य कुनै पनि किसिमका लगानीमा प्रयोग गर्न नपाइने र नगदै राख्नुपर्ने रकमको केही हिस्सा समेत बैंकहरूले यसरी राष्ट्र बैंकमा राखिने निक्षेपमा राख्न पाइरहेका थिए । […]

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत (जेठ १२) देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । कम्पनीबाट जारी भएका बीमालेख नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा […]

मेन्छियाम हाइड्रोपावर नोक्सानीमा

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी १८ करोड ३२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६२ लाख ६५ हजार रुपैयाँ नाफामा थियो । […]

अरुण तेस्रोको बिजुली डीभीसीले किन्ने, एसजेबीएनसँग भयो सम्झौता

काठमाडौं । भारत सरकार स्वामित्वको सतलज जलविद्युत् निगम लिमिटेड (एसजेबीएन)ले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली दामोदर भ्याली कर्पोरेसन (डीभीसी)लाई बेच्ने भएको छ । अरुण तेस्रोबाट ९०० मेगावाट विद्युत् उत्पादन हुनेछ । त्यसमध्ये दामोदर भ्यालीलाई २०० मेगावाट बिजुली बिक्री गरिने विकासकर्ता एसजेबीएनले जनाएको छ । विद्युत् बिक्रीसम्बन्धी सम्झौतापत्रमा एसजेबीएनका अध्यक्ष एवं प्रबन्ध निर्देशक भूपेन्द्र […]

देशकै सबैभन्दा ठूलो सरकारी बगै‌चाको आँप ५३ लाखमा ठेक्का

सर्लाही । उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा रु ५३ लाख ७१ हजारमा ठेक्का लगाएको हो । दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको […]

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन : नेपाली कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ। सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो। बैठक गृहमन्त्रीको राजीनामामा प्रवेश नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महले जानकारी दिए । ‘छानबिनको दायरामा गृहमन्त्री हुनु हुन्नु, उहाँमाथि उजुरी छैन। उहाँ दोषी भन्न मिल्दैन’ जो […]

ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीच सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्ड अनावरण गरेका हुन् । ग्लोबल […]

५१ अर्ब हाराहारीको बजेट ल्याउँदै कृषि मन्त्रालय, यी हुन् प्राथमिकताका कार्यक्रम

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ५१ अर्ब रुपैयाँ बराबरको बजेट र कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। मन्त्रालयले राष्ट्रिय योजना आयोगले तोकेको ५० अर्ब ७५ करोड रुपैयाँको बजेट सीमाभित्र रहेर आगामी वर्षका प्राथमिकता र रणनीति तय गर्दैछ। मन्त्रालयले बजेट निर्माण प्रक्रियामा सरोकारवाला निकायहरूसँग परामर्श गर्दै कार्यक्रमको रूपरेखा तयार […]

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे। यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक […]