कजारियाको नयाँ शोरूम बाराको जीतपुरमा

काठमाडौं । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै जीतपुर, बारामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। हिमाल ट्रेडिङ्ग द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री  कृष्ण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो। […]

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन केपि ओलीलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री के. पि शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन भनेको छ । आयोगले शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध नगरेको अबस्थामा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्री स्तरबाट  यस्तो अभिव्यक्ति आउनु चिन्ता जनक भनेको छ । आयोगले २०८२ जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त […]

शौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र भवनको उद्घाटन, साथै शैक्षिक सामग्री हस्तान्तरण सम्पन्न

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजको आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह सम्पन्न भएको छ। विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको यस्तो प्रयासलाई सराहना गरे। […]

रबिलाई थुनामा पठाउनु अन्यायपुर्ण – राश्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रबि लामिछानेलाई सहकारी ठगि केशमा सर्वोच्च अदालतले उच्चको फैसला कायम गर्दै थुनामा पठाएको बिषयलाई अन्यायपुर्ण भनेको छ । पार्टीका कार्यबाहक महामन्त्री महिश झा ले बिज्ञप्ति जारि गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन् “ राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो […]

पियोर इनर्जीको ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । पियोर इनर्जी लिमिटेडको ८० लाख कित्ता प्राथामिक शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । पियोर इनर्जीको प्रति शेयर अंकति तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको उक्त परिमाणको शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । यो सँगै धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट शेयर दोस्रो बजारमा कारोबार सुरु […]

शेयर कर्जामा लचिलो बन्दा पनि बढेन शेयर बजार, नेप्सेसँगै करिब साढे २ करोडले घट्यो कारोबार

काठमाडौं । शेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरे पनि त्यसको प्रभाव भने शेयर बजारमा परेन । यो सँगै साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा पुगेर बन्द […]

मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड सङ्कलन

वीरगञ्ज (पर्सा) । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ । निर्जीवन बिमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० […]

बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेलाई दण्डित गरिन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा आवश्यकताअनुसार विद्युत आपूर्ति भइरहेको र विद्युत कटौती अभावका कारण नभई विपद्जन्य घटनाले निम्त्याएको अवरोध भएको स्पष्ट पारेका छन् । आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखा अन्तर्गतका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्ति समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे स्थलगत जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले […]

दुग्ध उत्पादक किसानहरुले भुक्तानी पाएनन्

चितवन । किसानहरुले भूक्तानी मागेपछि केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिएपछि यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने, “अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न कठिन भएको छ ।” यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा […]

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ : माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएको छ । आज बसेको माओवादीको पदाधिकारी बैठकपश्चात उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शक्ति प्रयोग गरेर छानबिन अवरुद्ध हुन सक्ने भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको जानकारी दिए । गृहमन्त्रीले छानबिन गरेर सहयोग गर्नुपर्ने निर्णय बैठकले […]