अदालत गन्हाएको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : सांसद सुनार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन्। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले समाजमा बढेको अपराधिकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताएका हुन्। उनले देशमा जता हेरे पनि अनियमितता, अपराधिकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताए। यसलाई सरकारले नियन्त्रण गर्नुपर्नेमा सरकार स्वयं […]

