लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगाउमा राखिएका पूर्वडीआईजी छविलाल जोशीसहितको निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस गरेकोमा बुधबार इजलास नबसेपछि बिहीबार थप सुनुवाइ भएको थियो । हालसम्म लामिछाने र जोशीका कानुन […]

