संघीय निजामती र शिक्षकसम्बन्धी ऐन चाँडै पारित हुने मन्त्री गुप्ताको आश्वासन
पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षक तथा संघीय निजामती सेवासम्बन्धी ऐन चाँडै संसदबाट पारित हुने विश्वास व्यक्त गर्दै सबैलाई आश्वस्त रहन आग्रह गरेका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले करिब एक दशकदेखि प्रक्रियामा रोकिएका तीनवटा महत्वपूर्ण विधेयक संसदमा प्रस्तुत गर्न लागिएको जानकारी दिए। […]

