प्रि ओपन सेसनमा नेप्से सूचक ४४.६३ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४४.६३ अंकले बढेको छ । यससँगै सूचक २७५७.१२ विन्दुमा पुगेको छ । ५ करोड ४५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १९४ कम्पनीको १ लाख ११ हजार २०२ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा १८८ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य […]

१२४ स्थानमा जित हात पार्दै रास्वपा पहिलो स्थानामा, समानूपातिकतर्फ भने ४० लाख नाघ्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ । सोमबार १० : ४५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १२४ स्थानमा जित र १ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ […]

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक प्रणालीतर्फ ८ क्षेत्रको मतगणना सुरु हुन बाँकी

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले […]

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज […]

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ । तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको छ । […]

कास्कीमा साढे ४ हजार भन्दा बढी मत बदर

कास्की । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बदर मतको प्रतिशत […]

फरवार्ड माइक्रोफाइनान्सले लाभांश नदिने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस संस्थाको २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

मोदीद्वारा रवि र बालेनलाई टेलिफोनमा बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत रास्वपा वरिष्ठ नेता बालेन शाहसँग सोमबार टेलिफोन कुराकानी गरेका छन्। मोदीले साँझ सामाजिक सञ्जाल एक्समार्फत दुई नेतासँग टेलिफोन वार्ता गरेको सार्वजनिक गर्दै नयाँ सरकारका लागि शुभकामना दिएका छन्। फागुन २१ को निर्वाचनमा रास्वपाले करिब दुईतिहाइनजिक सिट जितेर सरकार गठनको तयारीमा लागिरहेका […]

आजबाट सेयर बजार खुल्ने, लगानीकर्तामा उत्साह

काठमाडौं । फागुन २१ गतेको चुनावका कारण केही दिन बन्द रहेको सेयर बजार आजबाट पुनः सञ्चालन हुने भएको छ। चुनावपछिको राजनीतिक स्थिरताले बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । बजार २७१२.४९ अंकमा रहेको छ  ।

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

सुनसरी । धरानका सडक, खोला र खानेपानीको मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रूपमा चर्चाको पात्र बनिरहेका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र […]