जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत

फ्रान्कफर्ट । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो । विश्लेषकहरूले अपेक्षा गरेका ०.५५ प्रतिशतको गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो । उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र मेसिनरी क्षेत्रले दिएका […]

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

खार्तुम। सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् । राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त रहेकाले गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा सार्नुपरेको र त्यसैले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने […]

एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा आठ टोलीबीच कुल २८ वटा खेल भएका थिए । दर्शकको उल्लेख्य उपस्थिति रहेको लिग चरणका २८ खेलमध्ये १५ खेलमा दोस्रो पारीमा ब्याटिङ गर्ने टोली विजयी भए भने १३ पटक पहिलो […]

कामना सेवा विकास बैंक र Caffeophilia बीच सम्झौता  

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वर स्थित Caffeophilia सँग सेवा शुल्क छुट  सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट  प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो  सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण […]

‍रिज लाइन इनर्जीलाई आइपीओ बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‍रिज लाइन इनर्जी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।  

प्रचण्डद्वारा भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन् । नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिको आज ज्ञापनपत्र बुझ्दै संयोजक दाहालले सो कुरा बताए । पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन, महोत्तरीलगायत स्थानबाट भूमिहीन तथा सुकुम्वासीको […]

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ । महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथिलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण तीव्र पारिएको नेकपा एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताए । भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट-२०८२” सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी र निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्‍याइरहेका ६७ शाखाको सहभागितासहित ‘बिजनेस मिट-२०८२’ सौराहामा सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको कार्यक्रममा वर्तमान बैंकिङ आवश्यकताबारे चर्चा गर्दै शाखागत कार्ययोजना, सम्भावित ग्राहकहरूको अवस्था तथा निक्षेपलाई गुणस्तरीय कर्जामा रूपान्तरण गर्ने उपायहरू प्रस्तुत गरियो। अध्यक्ष देव कुमार ढकालले बैंकको व्यवसाय विस्तार योजनालाई प्राथमिकताका साथ […]

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

काठमाडौं। एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबार ९मंसिर २२०बाट नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान) को […]

सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य समायोजन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ४०५.८० रुपैयाँलाइ आधार मानेर मुल्य समायोजना गरिएको हो । समायोजना पश्चात सेयर भाउ ३८६.४८ रुपैयाँ कायम भएको छ ।