धनुषा-२ मा रास्वपाका राम विनोद यादव विजयी

धनुषा । धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत ल्याएर उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गरेका हुन् । यादवले १० हजार १९८ मत ल्याए । त्यस्तै नेकपा एमालेका उमाशंकर अरगरियाले १० […]

सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी, सीके राउत पराजित

काठमाडौं ।  सप्तरी–२ बाट राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का रामजी यादव निर्वाचित भएका छन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पराजित गरेका हुन् । २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ […]

हर्क साम्पाङ विजयी, रास्वपा उम्मेदवारलाई ८४९२ मतले पछि पारे

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङ विजयी भएका छन्। आइतबार सार्वजनिक नजिताअनुसार निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङलाई ८ हजार ४९२ मतले पछि पार्दै साम्पाङ निर्वाचित भएका हुन्। निर्वाचन आयोगका अनुसार विजयी हर्कले ३५,७४१ मत ल्याउँदा पराजित तामाङले २७,२४९ भोट प्राप्त गरेकी छन्। तेस्रो नम्बरमा […]

सिराहा-२ बाट भारी मतान्तरले रास्वपाका शिव यादव विजयी

काठमाडौं । अघिल्लो निर्वाचनमा ‘हाम्रो नेपाली पार्टी’बाट प्रतिनिधि सभाको उम्मेदवार बनेर पाँचौँ स्थान प्राप्त गरेका शिव यादव यो निर्वाचनमा सिराहा २ बाट विजयी भएका छन्। ३० वर्षीय यादव राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन्। यदवले ३९ हजार ५६१ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी काङ्ग्रेसका रामचन्द्र यादवले जम्मा ६ हजार ७१३ मत ल्याएका छन्। उनीहरुबीचको मतान्तर […]

न्याय र अधिकारमा महिलाको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । विश्वभर सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अवसर भन्ने नाराका साथ ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले महिला र बालिकाहरूको न्यायिक तथा कानुनी अधिकारमा पहुँच सुनिश्चित गर्न जोड दिएको छ। यस विशेष अवसरमा आयोगले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला र बालिकाहरूमा शुभकामना व्यक्त […]

केपी ओलीलाई बाबुराम दहालले दिए ११ सुझाव

काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम दहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट उनले पार्टी रिकभर हुन सक्ने सुझाएका हुन् । ‘अहिले कसैले पार्टी छोडेका छैनन्, मत मात्र यता उता भएको हो । यो रिकभर हुन सक्छ, त्यसका लागि केही सुझाव दिँदैछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईं भर्खर […]

सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित

राजविराज। सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् । निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरे । जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरे । नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत प्राप्त गरे ।

जेनजी आन्दोलनः कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएको विषय बाहिर आइसकेको छैन । असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो […]

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत […]

लैङ्गिक समानता र सामाजिक न्यायलाई सुदृढ बनाउन हातेमालो आवश्यक छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकि छिन् । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनिले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित भएको उल्लेख गरिन् । उनिले भनिन् , […]