महिला सशक्त भएमा राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन् । एक सय १६औँ अन्तरराष्ट्रिय महिला दिवस (आठ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा […]

बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २२ हजार १३४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे । यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी भएका दामोदर भण्डारी […]

सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता विजयी

काठमाडौं । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए । त्यस्तै नेकपा एमालेका […]

यी हुन नेकपाबाट विजयी भएका ६ जना 

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अहिलेसम्म १२५ ठाउँको नतिजा आइसक्दा नेपाली कम्युनिष्ट पार्टीका ६ जना विजयी भएका छन् । रुकुपपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पाबाट वर्षमान पुन, डोल्पाबाट धनबहादुर बुढा र रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानमा रमेश मल्ल र कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

चुनाव अपडेट : यी हुन एमालेबाट निर्वाचित ७ जना उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । अहिलेसम्म एमालेबाट ७ जनामात्र निर्वाचित भएका छन् । एमालेका विजयी उम्मेदवारहरूमा कोशीमा ताप्लेजुङबाट क्षितिज थेवे, इलाम–२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई छन् । लुम्बिनीको बाँके २ बाट मो. इश्तियाक राई, कर्णालीको दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल र सुदूरपश्चिमको बझाङबाट ऐनबहादुर मगर र […]

खामेनेईको मृत्यु पछि इरानमा नयाँ सर्वोच्च नेता चयन प्रक्रिया सुरु, ट्रम्पले चयनमा आफ्नो भूमिका चाहेको संकेत

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि देशमा नयाँ सर्वोच्च नेता चयनबारे प्रक्रिया सुरु भएको छ। तर हाल इरान–इजरायल तथा अमेरिका बीच जारी सैन्य द्वन्द्वका कारण यो प्रक्रिया कसरी अगाडि बढ्ने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। इरानको संविधानअनुसार देशको सर्वोच्च नेता चयन गर्ने अधिकार ‘असेंब्ली अफ एक्सपर्ट्स’ नामक परिषद्लाई रहेको […]

रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा विजयी, जनार्दन तेस्रोमा 

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन् । शर्माले २९ हजार ६ सय ९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन् । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार […]

यी हुन् कांग्रेसबाट निर्वाचित १४ सांसद

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । रास्वपा १०० सीट जितेर पहिलो हुँदा नेपाली कांग्रेस १४ सीटसहित दोस्रो स्थानमा छ । गणना जारी ठाउँमध्ये ३ स्थानमा कांग्रेसको अग्रता रहेको छ । आयोगको सवा ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार यी हुन् कांग्रेसका विजयी उम्मेदवार कोशी १. नरेन्द्रकुमार केरुङ– पाँचथर […]

डोल्पामा नेकपाका धनबहादुर बुढा विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत डोल्पा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन्। बुढाले ६ हजार ८०२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंकबहादुर रोकायाले ५ हजार ३९६ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ मत प्राप्त गरेका […]

हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत हुम्ला निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएका छन्। रोकायाले ८ हजार ७९७ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत प्राप्त […]