नोक्सानीमा रहेको सागर डिष्टिलरी लिमिटेडको शेयरमा चलखेल, पहिलो पटक ओरालो लाग्यो शेयर मूल्य

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको शेयरमा चलखेल भएको छ । नोक्सानीमा रहेको कम्पनीको शेयर मूल्यमा चलखेल गरी निरन्तर बढाएको पाइन्छ । शेयरलगानीकर्ताहरुको चलखेलका कारण कम्पनी नोक्सानीमा रहे पनि शेयर बजारको दोस्रो बजारमा भने मूल्य निरन्तर बढ्ने तथा सकारात्मक सर्किट लाग्ने गरेको थियो । आइतबार भने सागर डिष्टिलरी लिमिटेडको शेयर मूल्य ७ प्रतिशत अर्थात् १३४ रुपैयाँ […]

वाणिज्य बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्तिले सबैभन्दा बढी मारमा ग्लोबल, हिमालयन र एनआईसी

काठमाडौं । अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ, फलस्वरुप बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढेको छ । बैंक तथा वित्त सांस्थामा गैरबैकिङ सम्पति बढिरहेको छ । राष्ट्र बैंकका अनुसार २०८२\८३ को पहिलो तीन  महिनामा गैर बैंकिङ सम्पत्ति ५१ अर्ब  १२ करोड ५० लाख रुपैयाँ पुगेको छ । अर्थतन्त्र […]

सिटिजन लाइफको सीईओमा पोषकराज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल नियुक्त भएका छन्। शुक्रबार बसेको सञ्चालक समिति बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो। उनको कार्यकाल आगामी पुस ३० गतेदेखि लागू हुनेछ। योसँगै उनी ४ वर्ष सीईओ रहनेछन्।

आशा लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार आशा लघुवित्तको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । अइतबारको अन्तिम कारोबार मूल्य १ हजार १९४ रुपैयाँलाई आधार मानेर मूल्य समयोजना गरिएको हो । समयोजन पश्चात सेयर भाउ १ हजार ९०.४१  रुपैयाँ कायम भएको छ ।

निरन्तर ५ दिन घट्यो शेयर बजार, १३ वटै समूह पनि घट्यो

काठमाडौं । गत सातादेखि घटेको शेयर बजार आइतबार पनि घटेको छ । बुधबार १४ अंकले घटेको शेयर बजार आइतबार २१.४८ अंकले घटेको हो । २१.४८ अंकले घटेको नेप्से २६०९.६९ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.७० अंकले घटेर ४४८.२५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.५७ र सेन्सेटिभ फोल्ट […]

प्रतिनिधि सभा पुन:स्थापनाको माग लिएर कांग्रेस पुग्यो सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेस पनि प्रतिनिधि सभा पुन:स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ । विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेले वारेसमार्फत रिट सर्वोच्चमा पठाएको जानकारी दिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक  घिमिरे र सचेतक सुशीला थिङसहित आठ जनाले आइतबार सर्वोच्चमा रिट पेस गरेका थिए। घिमिरे र थिङबाहेक अरू सांसद को […]

नेपाल बैंक र क्यूरा हेल्थ प्रा. लि. बिच सम्झौता

काठमाडौं ।  नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रा. लि. ले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध […]

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेट भएको छ । भण्डारी केहीबेरअघि मात्रै प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेकी हुन् । जेन–जी आन्दोलनपछि भग्नावशेषमा परिणत भएका संरचना अवलोकनका लागि भण्डारी सिंहदरबार पुगेको भनिएको छ । तर, स्रोतका अनुसार उनी र प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर सिंहदरबार पुगेकी हुन् ।

बर्दिया घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । बर्दियाको बढैयातालकी एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न सरकारले समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको […]

रसुवागढी जलविद्युत आंशिक रुपमा सञ्चालन

काठमाडौं । रसुवागढी जलविद्युत आयोजना आंशिक रुपमा सञ्चालन भएको छ । मंसिर २० दिउँसो ३ :४९ बजेबाट ३ वटा युनिट मध्ये एउटा युनिटबाट विद्युत उत्पादन शुरु भएको छ । २०८२ असार २४  गते भोटेकोशीमा आएको ठूलो हिम बाढीका कारण आयोजना जलविद्युत केन्द्रका संरचना तथा मेसिन उपकरणहरुमा ठूलो क्षति पुगेर विद्युत उत्पादन बन्द भएको थियो । […]