एएफसी महिला एसियन कप छनोटः पहिलो खेलमा नेपाल लाओससँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ । नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेका छन् । कप्तानको जिम्मेवारी सावित्रा भण्डारीलाई दिएका छन्। लाओस विरुद्ध नेपाली नेपालको सुरुवाती ११ मा अन्जना राना मगर, निशा थोकर, […]

नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रहः “सुरक्षाको जिम्मा सरकारले लिन्छ”

बेइजिङ । नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताएका हुन् । नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले उर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल […]

बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्याली सम्पन्न

काठमाडौं । बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोट्र्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजनमा बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्याली हिजो असार १४ गत शनिवार साँझ बनेपास्थित चण्डेस्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएको छ । आशिष भारती र वर्षा बस्नेतले बागमती अटो–जिमखाना च्याम्पियनसिपको उपाधि जितेका छन् । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो […]

सुन–हिरामा लगाइएको कर अव्यवहारिकः चेम्बरले अर्थमन्त्रीलाई गरायो ध्यानाकर्षण

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । सुनमा प्रस्ताव गरिएको २ प्रतिशत विलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अव्यवहारिक र उपभोक्तामा समेत गम्भिर असर गर्ने भएकाले पुनरावलोकन गर्न […]

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको आइतबारको विधेयक बैठकले पारित गरेको हो । विधेयकमा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए । यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताले बताए […]

११ महिनामा जीवन बीमा कम्पनीको आम्दानी साढे एक खर्ब

काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा साढे एक खर्ब रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि जेठमसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुको सक्रिया […]

साताको पहिलो दिन शेयर बजारमा बहार

काठमाडौं । कारोबार साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बहार देखिएको छ । आइतबार नेप्से परिसुचक २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ ४.७०, फ्लोट २.०५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७५ अंकले बढेको छ । साताको पहिलो दिन ३२८ कम्पनीको शेयर ७४ हजार ७५२ पटक कारोबार भएको छ । ७ […]

प्रधानमन्त्री ओलीसँग भेटमा निजी क्षेत्र मैत्री वातावरण बनाउन महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । शनिवार भएको भेटमा आव ०८२/८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँदै आएका व्यवस्थाहरु समेटिएकोमा धन्यवाद ज्ञापन गर्दै बजेटका केही प्रावधान र हालै […]

टेरामक्स भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं । ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा देखिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा संलग्न देखिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। अदालत प्रशासनका अनुसार उनीमाथि हाल विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान लिने कार्य जारी छ। बयान सम्पन्न भएपछि आजै थुनछेक […]

कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको अपार सम्भावना

काठमाडौं ।  नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ ले कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने स्पष्ट संकेत दिएको छ। झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित यो दुईदिने भव्य कार्यक्रमले स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउने सम्भावनामा गहिरो विश्वास जगाएको छ। कोशी प्रदेशको सामर्थ्य […]