राजस्व चुहावट र कर छली रोक्न संयुक्त रूपमा अघि बढ्ने निर्णय

काठमाडौं । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच आइतबार बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन्वयात्मक रूममा अघि बढ्ने निर्णय गरेको छ । राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीर रूपमा छलफल गरी नियन्त्रणका लागि विभिन्न निर्णय गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका सूचना […]

भ्रष्टाचार निवारणमा सरकार असफल

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता […]

खुला रूपमा फोहोर मैला बाले काठमाडौं महानगरपालिकाले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । यदि कसैले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता […]

बीआरआईबारे कांग्रेस: कुनै द्विविधा नलिइकन अनुदान सम्झौता कार्यान्वयन गर्छौँ

काठमाडौं । नेपाली कांग्रेसले बीआरआईका विषयमा कुनै द्विविधा राख्नुपर्ने अवस्था नरहेको बताएको छ। कांग्रेस प्रवक्ता प्रकाशरण महतले बिहान बूढानीलकण्ठमा सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘अनुदान सहयोग लिने हिजोको पनि हाम्रो निर्णय थियो। आज पनि त्यही निर्णयमा हामी कायम छौँ। नेपाल सरकारले चीन सरकारसँग जुन हस्ताक्षर गरेको छ, त्यसले त्यसले पनि अनुदान दिने कुरालाई […]

नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ। आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ। तत्कालका लागि नबिल बैंकको केन्द्रीय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र […]

सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ। बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो। उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ। हिमपात र वर्षाका कारण […]

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायतका विषयमा छलफल भएको हो । मन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी […]

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा ८.३४ गुणा बढी आवेदन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा माग भन्दा बढी आवेदन परेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको आईपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बरावरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार बिहान १०ः०६ बजेसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ […]

सानिमा हाइड्रोपावरको ११औं वार्षिक साधारण सभा पुस २५ मा

काठमाडौं । सानिमा हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.ना.पा. ४ धुम्बाराही काठमाडौंमा परान्ह ४ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने […]

हुन्डाई नेपालले ल्यायो ‘हुन्डाई डिसेम्बर डिलाइट’, आकर्षक छुट तथा विभिन्न लाभहरुको विशेष उत्सव

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले ‘डिसेम्बर डिलाइट’ असर सुरु गरेको छ । कम्पनीका अनुसार यो अफर मंसिर २४ देखि ३० सम्म सञ्चालन हुनेछ । यस अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्। “हुन्डाई डिसेम्बर डिलाइट,” अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस […]