गणना नसकिँदै रास्वपाका हरि ढकाल विजयी

काठमाडौं । चितवन १ को मतगणना अन्तिम चरणमा पुगेको छ । ९०४७९ गणना हुँदा रास्वपाका हरि ढकालले ५४९७९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र बुर्लाकोटीको १२२८४ मत छ । दुईजनाबीचको मतान्तर ४२६९५ छ । अब ५६७५ मत गन्न बाँकी छ । एमालेका दावा दोर्जे लामा १०४३३ मतसहित तेस्रो स्थानमा छन् । नेकपाका […]

बालेनलाई ओलीको शुभकामना, पाँच वर्षे कार्यकाल सफल रहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका नेता बालेन साहलाई शुभकामना दिएका छन् । उनले फेसबुकमा बालनलाई तबला दिएको फोटो राख्दै उनले विजयको लागि शुभकामना दिदै पाँच वर्षे कार्यकालय सफल रहोस भन्ने शुभकामना दिएका हुन् ।  

अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु

चितवन । चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् । उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र ०६ -००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भएर नालीमा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा अटो चालक राप्ती […]

देशभर रास्वपाको लहर चल्दा पनि जुम्लामा पूर्व सांसद विनिता कठायतको जमानत जफत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरको मत परिणाम आउने क्रम जारी रहेको छ । देश भर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलिरहेको अवस्थामा एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा रास्वपाकी उम्मेदवार तथा पूर्व समानुपातिक सांसद विनिता कठायतले जमानत समेत जोगाउन सकिनन् । अघिल्लो पटक समानुपातिक सांसद भएकी कठायतले यो पटक प्रत्यक्षमा जम्मा ४२१ मत मात्रै प्राप्त […]

रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी

रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् । नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् । त्यस्तै, प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाएका छन् । रास्वपा बालराम थापाले १० हजार ८९४ नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत […]

सिन्धुली-१ र २ मा रास्वपाका उम्मेदवार विजयी

कमलामाई । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका छन् । सिन्धुली क्षेत्र नं १ रास्वपाका धनेन्द्र कार्कीले १६ हजार २६५ मत प्राप्त गरी निर्वाचित भएको क्षेत्र नं १ की निर्वाचन अधिकृत निमा घिमिरेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) […]

बारा-१ मा रास्वपाका गणेश धिमाल विजयी

बारा । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश धिमाल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकमा शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरेका छन् । बुढाथोकीले १४ हजार २२३ मत ल्याउँदा तेस्रोमा रहेका एमालेकमा अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत पाएका छन् । नेकपाका उम्मेदवार सन्तोष दंगालले २ हजार […]

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरे  भने राप्रपाका प्रज्वल बोहराले आठ हजार ३०१ […]

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार ५५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत […]

रुपन्देही ५ मा रास्वपाका खान विजयी

लुम्बिनी । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४, […]