१७ सय अर्बको प्रोजेक्ट पाइपलाइनमा छ : सीईओ सुशिल ज्ञवाली

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)   सुशिल ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेपनि लगानीबाट हात नझिक्ने बताएका छन् । नेपालमा लगानी गर्नका लागि लगानीकर्ताहरू उत्साहित रहेको उनको भनाई छ । आइतबार नाफिजको साधारण सभामा बोल्दै सीईओ ज्ञवालीले भने, ‘१७ खर्ब  बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेका छन् । केही लगानीकर्ताहरू पर्ख र […]

नबिल बैंकले १२.५० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडको मंसिर १९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो। अर्थात् सेयरधनीलाई प्रतिकित्ता सेयर बराबर १२.५० रुपैयाँ वितरण […]

‘कोल्याटर’ बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले गल्तीको रुपमा लिँदैन : गभर्नर पौडेल

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षम्यकोरुपमा नलिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो गतिविधिलाई कठोररुपमा लिने बताएका हुन् । ‘सरकारी बैंकहरुबाट यो मिलाइदिन्छु भनेर […]

बिहीबारदेखि ३ दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजले यही मंसिर २५ देखि २७ गतेसम्म आइसिटी मेला ६.० आयोजना गर्ने भएको छ। तीन दिनसम्म चल्ने यस कार्यक्रमको छैटौं संस्करणमा नवप्रवर्तन, डिजाइन, रोबोटिक्स, सफ्टवेयर, ई–स्पोर्ट्स तथा इन्टरएक्टिभ प्रविधिसम्बन्धी प्रदर्शनी गरिने कलेजले जनाएको छ। एक्सपोमा ब्याचलर तहमा अध्ययनरत विद्यार्थीहरूले विकास गरेका आईओटी, रोबोटिक्स तथा सफ्टवेयर प्रोजेक्ट लगायतका नवप्रवर्तनात्मक परियोजना प्रस्तुत […]

घट्यो सुनको मूल्य, बढ्यो चाँदीको मूल्य प्रतितोला कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ सय रपैयाँले घटेक छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोल २ लाख ५२ हजार २ सय रुपैयाँमा करोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ थियो । यसदीन चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हाजर […]

बैंकिङ प्रणालीमा आधिक तरलता ९० अर्व खिच्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा आधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २१ मंसिर २०८२ का दिन ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैकले ८४ दिनको  लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनसार मंसिर २१ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र […]

निजी क्षेत्र माथीको आक्रमण ठिक होइन: अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समय पछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण […]

सोलु हाइड्रोपावरको आईपीओमा स्थानियले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ अर्ब […]

एमालेको महाधिवेशनमा युवा संघले ५० हजार युवा उतार्ने दावी

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा यूवा संघ नेपालले ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेका अनुसार  मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संघले विभिन्न वडा,जिल्ला,पालिका र प्रदेहरु कमिटीहरुलाई अनिवार्य रुपमा युवाहरुको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । उनका  अनुसार काठमाडौं र ललितपुरका […]

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा […]