रसुवा बाढीमा निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार

काठमाडौं । रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए । रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि […]

राहत र उद्धार सामग्रीसहित अस्ट्रेलियाली सैन्य विमान आउँदै

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि सिर्जित संकटको सामना गर्न अस्ट्रेलिया सरकारले मानवीय सहायता तथा विपद् व्यवस्थापन सामाग्री पठाउने भएको छ। सम्पूर्ण अस्ट्रेलियाली सरकारको सामूहिक सहयोग नीतिको एक भागका रूपमा, अस्ट्रेलियाली रक्षा बलले त्यहाँको विदेश मामिला तथा व्यापार विभाग  लाई सहयोग गर्दै नेपालका लागि विशेष उडान भर्न लागेको हो। सहायता सामग्री, उद्धार उपकरण तथा प्राविधिक […]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही नभएको पुष्टि, उद्धार टोली धुन्चे फिर्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना  को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई […]

बाढीपीडितका लागि कतार सरकारको सामग्री बोकेको जहाज दिउँसो साढे २ बजे काठमाडौँ अवतरण गर्दै

काठमाडौं ।  भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू अत्यन्त प्रभावित भएका छन्। यस विपद्का कारण सिंगो नेपाल नै पीडामा रहेको अवस्थामा नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ। राहत सामग्री बोकेको कतारी जहाज आज दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र राहत व्यवस्थापनका लागि तदारुकता देखाएको छ। प्रधानमन्त्री शाहले आज देशका प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग एकपछि अर्को गरी छुट्टाछुट्टै छलफल तथा ब्रिफिङ लिइरहेको छ। सोही क्रममा प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटघाट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, […]

अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डनका सैन्य अखडा लक्षित

काठमाडौं । इरानले सोमबार जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । आफ्नो भूमिमा एक महिनापछि भएको पहिलो अमेरिकी आक्रमणको जवाफमा गरिएको यो कारबाहीले छ महिनादेखि जारी अमेरिका–इरान युद्धमा पुनः तनाव बढाएको छ । इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्स (आइआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठूलो […]

एसीसी पुरुष प्रिमियर कप : नेपालद्वारा बहराइन ७ विकेटले पराजित

काठमाडौं । नेपालले एसीसी पुरुष प्रिमियर कपमा बहराइनमाथि सहज जित हात पारेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि सन्दीप लामिछानेले शानदार प्रदर्शन गर्दै ५ विकेट लिएपछि बहराइन ८७ रनमै समेटियो। नेपालका लागि ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए। बहराइनका तर्फबाट फिआज अहमेदले सर्वाधिक १५ रन बनाए भने मोहम्मद […]

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ९४ शव

काठमाडौं ।,रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज ल्याइएको छ । अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको र ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बताए । अस्पतालमा ल्याएका ९४ शवमध्ये नौ जनाको शवमात्र पहिचान गरि परिवार […]

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटलद्वारा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई करसहित २.२० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ। फण्डले लाभांश वितरण प्रयोजनका लागि भदौ २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरूले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन्। […]

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न विपद् प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीका कारण प्रभावित सडकमार्गमा आवागमन सहज बनाउन वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्राधिकरणले भदौ १० गते गएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थान प्रभावित भएको जनाएको छ। प्रभावित स्थानबाट हालसम्म विदेशी २५२ जना र नेपाली ३३८४ जनाको हवाई […]