छिमेक लघुवित्तको करिब साढे २ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले करिब साढे २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनीहरुमा बिक्री नभएको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक शेयर बिक्रीा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । लघुवित्तको शेयरको मूल्य […]

प्रभु बैंकको करिब १० हजार संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले करिब १० हजार संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । बैंकले ९ हजार ८८२ कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरुले खरीद नगरे सँगै सर्वसाधारणमा बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुका ासथै अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । बैंकको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको […]

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी । सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, […]

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाईंदै

म्याग्दी। यहाँको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची […]

मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने […]

२५ सयले घट्यो सुन

काठमाडौं । नेपालमा बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको १ लाख ९७ हजार ५०० रुपैयाँ थियो । चाँदीको मूल्य ५ रुपैयाँले घटेको […]

ट्रेड टावरको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं । ट्रेड टावर लिमिटेडको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । जेठ २० गतेदेखि लागू हुने गरी क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । क्यापिटलले कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पुरा गरेको थियो । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै आगामी दिनमा क्यापिटलले कम्पनीको शेयर व्यवस्थापनका सम्पूर्ण कामहरु गर्नेछ […]

यूनाइटेड अजोडको सञ्चालकमा रंजित नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिक्त सञ्चालक समितिमा विलसन मान रंजित नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रंजितलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई बाँकी अवधिका लागि नियुक्त गरिएको र उनको नियुक्ति कम्पनीको आगामी साधारणसभाबाट पारित गरिने पनि जनाएको छ।

अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन

म्याग्दी । पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुन सकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त संख्याको संस्थापक शेयर बिक्रीमा राखेको हो । राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्। यसमा लागि ३५ दिनको अवधि दिइएको […]