यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

रसुवाको प्रतिनिधि निर्वाचनमा कांग्रेसको जीत, मोहन आचार्यले बसन्त भट्टलाई दोब्बरजस्तै मतले पराजित

काठमाडौं । रसुवा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन्। शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम विवरणअनुसार आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दै निर्वाचनमा सफलता हासिल गरेका हुन्। उनका प्रमुख प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका […]

काठमाडौं -३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले […]

चितवन–३ : रास्वपाकी गौतम दोब्बर बढी मतान्तरले अघि

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बर भन्दा बढी मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो विवरण अनुसार, गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले ८ हजार ३७ मत प्राप्त गरेकी छिन् । त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले […]

मोरङ ३ : अघि लागे रास्वपाका गणेश कार्की, कांग्रेसका डा. सुनिल शर्मा तेस्रो

काठमाडौं । मोरङ ३ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ । जसअनुसार रास्वपाका उम्मेदवार गणेश कार्कीले अग्रता लिएका छन् । यस क्षेत्रमा सुरुवाती चरणमा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर अगाडि रहेकोमा पछिल्लो चरणमा कार्कीले उछिनेका हुन् । साढे सात बजेसम्मको गणनामा रास्वपाका कार्कीलाई ३ हजार ७ सय ९ मत प्राप्त भएको छ […]

फेरि अग्रता लिए सुहाङले, माटोसँग कडा टक्कर

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ। चुलाचुली गाउँपालिकाका चार वटा वडाहरू १, ४, ५ र ६ को गणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पुन अग्रता लिएका छन् । पहिलो पटक सार्वजनिक भएको मत परिणाममा सुहांगले अग्रता लिएका थिए । दोस्रो पटक सार्वजनिक भएको मत परिणाममा […]

बझाङमा एमालेका ऐन महरको सुरुवाती अग्रता, कांग्रेसका सहमहामन्त्री रसाइली पछ्याउँदै

बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनाको प्रारम्भिक परिणाममा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले अग्रता लिएका छन्। हालसम्म गणना भएको मतअनुसार महरले २ हजार १०२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १ हजार ९४५ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी […]

सप्तरी-२ : रास्वपा उम्मेदवार यादव अग्रस्थानमा, सीके राउत दोब्बर मतले पछि

काठमाडौं । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादव अग्रस्थानमा देखिएका छन्। जारी मतगणनाअनुसार उनले १,६९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले ९२२ मत पाएका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश कुमार यादवले ७७४ मत प्राप्त गरेका छन्। हालसम्मको […]

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् । पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केपी शर्मा ओलीले तीन हजार ११ […]

सर्लाही-४ : गगनभन्दा अमरेश १९ सय बढी मतले अगाडि

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् । उनले ४ हजार ४९६ मत ल्याएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन् ।