घरजग्गा कारोबारमा मूल्यांकन व्यवस्थित गर्न कानुन परिमार्जन गरिने

काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । यस्तै मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गर्ने […]

सूचना प्रविधि दशक’को घोषणा, नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ बनाइने

काठमाडौं । ‘सरकारले आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ बनाइने उद्घोष गरेका हुन् । यस्तै आगामी आर्थिक वर्ष सूचना प्रविधिसँग सम्बन्धित ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा पनि सरकारले गरेको छ । साथै, नेपालबाट आइटी सम्बन्धि व्यवसाय निर्यात […]

अन्त शुल्क टिकट, लाइसेन्स, हुलाक टिकट ,राहदानी स्वदेश मै छाप्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् अन्त शुल्क टिकट, लाइसेन्स, हुलाक टिकट ,राहदानी स्वदेश मै छाप्ने बताइएको छ । यसका लागि प्रेसको स्थापना गरिने बताइएको छ । आमसञ्चारका लागि नीतिगत तथा कानुनी सुधार गरिने छ, सामाजिक सञ्जलालाई व्यवस्थित गरिने बताइएको छ ।

आगामी वर्षसम्म विद्युत उत्पादन क्षमता ४५ सय मेगावाट पुर्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावट पुर्याउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र विद्युतको कुल जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने घोषणा गरेका हुन् । उनले आगामी वर्षभित्र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट प्रतिघण्टा […]

केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय राजमार्ग मर्मत सम्भारलाई निरन्तरता दिने, पूर्व पश्चिम रेलमार्ग , केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने बताइएको छ  । काठमाडौं तराई रेलमार्गलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ । पानी जहाज नेपालसम्म आउने व्यवस्था गरिने  , विपद्को जोखिम वस्तीलाई स्थान्तरण गरिने  बताइएको छ । हुलाकी राजमार्ग वरपर […]

हरेक प्रदेशमा १ हजार गाईभैंसी पालन गर्न सकिने पूर्वाधार बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा हरेक प्रदेशमा कम्तिमा १ हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् । सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माण बनाइने पनि बताएको […]

पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल चलाउन ‘प्याकेज’ ल्याउने तयारीमा सरकार

काठमाडौं । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन वायुसेवा प्रदायक कम्पनीलाई सरकारले छुट प्याकेज ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन रणनीति र विशेष कार्यक्रम ल्याइने बताएका हुन् । उनले देशका विमानस्थलहरु र वायु सेवा कम्पनीहरुको क्षमता […]

पेट्रोलियम पदार्थको लागि पाइपलाइन निर्माण तथा ग्रीन हाइडोजन उत्पादन प्राथमिकतामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममार्फत् भारतको रेलमार्ग प्रयोग गरी व्यापार लागत कमी गरिने छ, जाँच चौकी निर्माण गरिने छ, […]

निर्यातमा नगद अनुदानलाई निरन्तरता दिने सरकारको घोषणा

काठमाडौं । सरकारले निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्न त्यस्ता उत्पादनहरु निकासी गर्ने उद्योगलाई नगद अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्न निर्यातमा नगद अनुदान कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् । यस्तो कार्यक्रममा कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई पनि समेटिने जनाइएको छ […]

भारतको रेलमार्ग प्रयोग गरी व्यापार लागत कमी गरिने प्राथमिकतामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममार्फत् भारतको रेलमार्ग प्रयोग गरी व्यापार लागत कमी गरिने छ, जाँच चौकी निर्माण गरिने छ, […]