अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने बताएको छ । मंगलबार चालु आर्थिक वर्षको राष्ट्रिय लेखा सम्वन्धि वार्षिक तथ्यांकहरु सार्वजनिक गर्दै औद्योगिक क्षेत्रहरु मध्ये अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने प्रक्षेपण गरिएको छ । कृषि, वन तथा मत्स्य २४ दशमलव शून्य नौ प्रतिशत, खानी तथा […]

आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र ५७ खर्बको अर्थतन्त्रको आकार सहित तथ्यांक सार्वजनिक

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । योसँगै गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा एक दशमलव ९२ प्रतिशतले वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ९५ प्रतिशत थियो । त्यसअघि आर्थिक वर्ष […]

नेपाल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १८ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो जेठ ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट प्रस्तावित कम्पनीको हालको जारी तथा चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख […]

बजारमा माग बढ्न नसक्दा घट्यो सुनको मूल्य

काठमाडौं । बुधबारका लागि सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढ्न नसक्दा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको हो । महासंघका अनुसार बुधबार छापावाला र तेजावी सुनमा प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । महासंघले बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ […]

आज नेपाल र वेस्ट इन्डिज ‘ए’ को तेस्रो खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ‘ए’ बीचको टी२० सिरिज अन्तर्गत आज तेस्रो खेल हुँदैछ। खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ । सिरिज हाल १-१ को बराबरीमा छ । शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। आइतबार भएको दोस्रो खेल वेस्ट इन्डिज ‘ए’ ले जितेको थियो। […]

लखनऊले मुम्बईलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल मा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो। मुम्बईले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेटको क्षतिमा भेटायो । लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए । यस्तै […]

सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ। मंगलबार वैशाख १८ गतेका दिन सोपान मल्टिपल कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. ई. तारा प्रसाद पोखरेल र एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले एक कार्यक्रमका बिच नियुक्ति सहमति पत्रमा […]

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस […]

डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजल, मट्टीतेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर तथा हवाइ इन्धनको भाउ बढेर आएपछि निगमले मूल्य समायोजन गरेको बताइएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलको भाउ […]

दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै नवलपरासीका महिला

नवलपरासी। पूर्वी नवलपरासीको देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ। वनजङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको हो। यसले विपन्न वर्गका उपभोक्ताको […]