कैलाली–२ मा कांग्रेसको अग्रता

घोडाघोडी । कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ तीन सय ९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ । कैलाली–२ मा कुल मतदाता एक लाख सात हजार ७५७ मध्ये […]

तनहुँ- १ मा रास्वपाको अग्रता कायमै

दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले दुई हजार ९२८ मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले […]

ललितपुर, १ मा कांग्रेसका राणाको अग्रता

पाटन । ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बिहान १०ः३० बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत  र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले एक हजार […]

झापा-५ मा बालेनको फराकिलो अग्रता, ओलीको भन्दा दोब्बर बढी मत

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन् । ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।

चितवन ३ मा पनि रास्वपा अगाडि

चितवन । पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ । रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, नेकपा एमालेका शङ्कर थपलियाले ७४१ मत पाएका छन् ।

रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति

वासिङ्टन। अमेरिकाले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धबीच विश्व ऊर्जा बजारमा सम्भावित अवरोध कम गर्ने उद्देश्यले समुद्रमा अड्किएको रुसी तेल भारतलाई बिक्री गर्न अस्थायी अनुमति दिएको छ । अमेरिकी सरकारले बिहीबार उक्त निर्णय सार्वजनिक गर्दै सीमित समयका लागि प्रतिबन्धमा आंशिक छुट दिएको जनाएको छ । अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले जारी गरेको विशेष […]

काठमाडौँ १ मा रञ्जु दर्शना निर्वाचित

काठमाडौं । रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्।  उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए ।

जुम्लामा ज्ञानबहादुर शाहीको अग्रता

काठमाडौं । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीको सुरुवाती अग्रता देखिएको छ । ४ सय मत गन्दा ज्ञानबहादुर शाहीले १८२ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले १२९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले […]

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन्। चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका छन्। उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका छन्। […]

काठमाडौं–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं ।  पछिल्लो मतपरिणामअनुसार काठमाडौँं क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । उक्त पार्टीका सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१ र नेकपा(एमाले)का ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिए । […]