बेगनास तालका डुङ्गा व्यवसायी सङ्कटमा

लेखनाथ। बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् । सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी […]

सवारी साधनलाई वातावरणमैत्री बनाउन इन्धन प्रणाली फेरबदल गर्न पाइने

काठमाडौं । सरकारले सवारी साधनको इन्धन प्रणालीमा परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेहरूका लागि कानुनी बाटो खुला गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को केही प्रावधानमा तीन वर्षका लागि छुट दिने निर्णय गरेको हो । यो निर्णयसँगै अब परम्परागत इन्धनबाट चल्ने सवारी साधनलाई […]

मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा दिने घोषणा

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन् । आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिन उपस्थित् भएका मुख्यमन्त्री यादवले राजीनामा दिने घोषणा गरेका हुन् ।उनले भने,‘म आजकै मितिबाट राजीनामा दिन्छु ।’ उनको नियुक्तीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो ।

एनपिएलः ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ । पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो । तीनवटै शतक विदेशी खेलाडीले […]

सिक्लेस हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ ?

काठमाडौं । सिक्लेस हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।नेप्सेका अनुसार  सिक्लेसको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । बुधबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो।समायोजन पश्चात सेयर भाउ ५७३.९१ रुपैयाँ कायम भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता शुक्रवार देखि शुरु हुने

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिता यही मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ । उक्त […]

गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण

काठमाडौं । गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बीच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले गाजा सहरमा घाइतेहरूको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यसमन्वय कार्यालयका अनुसार तुफाह क्षेत्रमा सोमबार प्राप्त आपत्कालीन खबरपछि उद्धार टोलीहरूले घाइतेलाई सुरक्षित स्थानमा पुर्‍याए । आह्वानको विस्तृत विवरण भने […]

१३ दिनको रोमाञ्चक रोड ट्रिप: हुन्डाई टक्सनमा काठमाडौं-कन्याकुमारीको सफर

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले काठमाडौंदेखि कन्याकुमारीसम्म र फर्केर आउने एउटा उल्लेखनीय सडक यात्रामा निस्केका तीन जना नेपाली यात्रीहरूको यात्राबारे जानकारी गराउन पाउँदा खुसी व्यक्त गरेको छ। यस टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू, र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल। यो १३ दिने […]

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

दमौली । मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक ४ महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भासिएको थियो । भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन […]

मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य ४ हजार २ सय

सर्लाही । मधेस प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई सुनिश्चित मूल्य उपलब्ध गराउने उद्देश्यले विभिन्न वर्गका धानको मूल्य निर्धारण गरेको हो । मोटो धानको मूल्य प्रति क्विन्टल ४ हजार रुपैयाँ तय गरिएको छ । त्यस्तै, मध्यम धानको न्यूनतम मूल्य ४ हजार २ सय रुपैयाँ […]