काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २÷२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं […]

झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर बढी मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा […]

रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता

काठमाडौं । रुपन्देही क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मaत पाएर अग्रता लिएका हुन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २२४७, रास्वपाका कन्हैया बनियाँले १८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राप्रपाका अनिउद्दिन […]

ललितपुर-३ मा तोसिमा कार्कीकाे अग्रता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ललितपुर ३ मा प्रारम्भिक अग्रता लिएकी छन् । बिहान ४ बजेसम्मको तथ्याङ्क अनुसार उनले ६९६ मत ल्याउँदै प्रारम्भिक अग्रता लिएकी हुन् । उनलाई नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२ लिएर पछ्याइरहेका छन् । त्यसैगरी नेकपा एमालेका सन्दन थापाले २५, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २५ र राष्ट्रिय प्रजातन्त्र […]

काठमाडौं-१ : रास्वपाकी रञ्जु दर्शनाको अग्रता

काठमाडौं । काठमाडौं १ मा पनि रास्वपाले शुरुवाती अग्रता लिएको छ । रास्वपाका रञ्जु दर्शनाले १६५८ मतसहित शुरुवाती अग्रता लिएकी हुन् । नेपाली कांग्रेसका प्रबल थापाले ९२९, राप्रपाका रविन्द्र मिश्रले ४८५, एमालेका मोहनराज रेग्मीले १६१ र नेकपाका मेनुका भण्डारीले ४३ पाएकी छन् ।यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो ।  

भक्तपुर-२ मा राजीव खत्रीको अग्रता, पछिपछि महेश बस्नेत

काठमाडौं । एमालेका सचिव महेश बस्नेतको क्षेत्र भक्तपुर २ मा पनि राष्ट्रिय स्वतन्त्रता पार्टीले अग्रता लिएको छ । त्यस क्षेत्रका प्रभावशाली मानिने बस्नेतलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले पछि पारेका हुन्। अहिलेसम्म खत्रीले १४०० मत पाएका छन् । एमालेका उमेदवार बस्नेतले भने १२०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका कविर राणाले १७१ मत […]

कास्की-१ मा रास्वपाका पौडेल अगाडि

काठमाडौं । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेल उर्फ गनेश पौडेल अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको अपडेट अनुसार उनले ८६६ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका बैनबहादुर क्षेत्री (अधिकारी)ले ३०७ ल्याएका छन् । यो रुपा गाउँपालिका १ […]

२६ क्षेत्रमा गणना हुँदा २१ मा रास्वपाको अग्रता

काठमाडौं । देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ । विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखिएको हो । कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना शुरु हुने भएको हो ।

झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे

काठमाडौं । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् । पाँच निर्वाचन क्षेत्र […]

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ […]