श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् । धरान उपमहानगरपालिकाका पूर्वप्रमुख उनी सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन । यो क्षेत्रका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँ एक लाख ५० हजार […]

दोलखामा हवाई फायर

काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।  

केन्द्रीय कारागारमा मतदान जारी

काठमाडौं ।  जगन्नाथदेवलस्थित केन्द्रीय कारागार, महिला सुधार बन्दीगृह र भद्र बन्दी सुधारगृहमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान जारी छ । केन्द्रीय कारागारका १५४, महिला सुधार बन्दीगृहका पाँच र भद्र बन्दीगृहका ४८ कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था मिलाइएको कारागार प्रशासक कृष्णप्रसाद चापागाईंले जानकारी दिए । कारागार परिसरमा रहेको अस्थायी मतदान केन्द्रमा पाँच महिलासहित २०७ कैदीबन्दी र २४ कर्मचारीको […]

रेनु दाहालले गरिन् मतदान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् । चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।

धापासी पुगेर प्रधानमन्त्रीले गरिन् मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन् ।

निर्वाचन सुरक्षाको लागि हेलिकप्टरबाट गस्ती गर्दै आर्मी

काठमाडौं । नेपाली सेनाले आज भइरहेको प्रतिनिधिसभाको निर्वाचनको सुरक्षाको ल ागि हेलिकप्टरमार्फत् गस्ती गर्ने भएको छ । सरकारले निर्वाचन शान्तिपूर्णतवरबाट गराउनका लागि सेनालाई हेलिकप्टरमार्फत् गस्ती गर्ने जिम्मेवारी दिएको हो । बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको थियो भने त्यसलाई बिहीबार कार्यान्वयनमा ल्याएको हो । सेनाको हेलिकप्टरबाहेक अन्य […]

जनार्दन शर्माले गरे रुकुमपश्चिमबाट मतदान

रुकुमपश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका रूकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् । पूर्वगृह र अर्थमन्त्रीसमेत रहेका शर्माले मुसिकोट नगरपालिका-५ शेरिगाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले ‘क’मतदान केन्द्रबाट पहिलो मतदाताका रूपमा मतदान गरे । मतदानपछि उनले प्रतिक्रिया दिँदै उत्साहित भएको बताए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् । साम्पाङ्ले धरान उपमहानगरपालिका-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । साम्पाङ सुनसरी-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

काठमाडौं । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७ः१० बजेतिर घटना भएको हो । नेपाल प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो । प्रहरीले बोकेको हतियारबाट गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र […]

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७  मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।