२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ । गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । अब सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ । यदि उनले विश्वासको […]

म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढ्यो, मार्केट घट्दा २ वटा मात्रै नाफामा

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले गएको कात्तिक महिना समग्रमा ४ अर्ब २४ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना अर्थात, असोजसम्म फन्डहरुले समग्रमा ५ अर्ब ४५ करोड घाटा व्यहोरेका थिए । अघिल्लो महिनाको तुलनामा फन्डहरुको नोक्सानी रकम घटेको छ । कात्तिक महिनामा सेयर बजारमा केही सुधार देखिएको थियो । त्यसैले नोक्सानी रकम घटेको […]

पुटिन–अमेरिकी राजदूत बीच भेटवार्ता हुने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मङ्गलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्नुहुने भएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँगको नियमित ब्रिफिङमा विटकफसँगको बैठक भोलि दिनको दोस्रो भागमा हुने कार्यक्रम रहेको जानकारी दिए । यसअघि अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको प्राथमिक छलफलपछि वासिङ्टनले प्रस्ताव गरेको सम्भावित शान्ति–ढाँचाबारे दुवै पक्षको संवाद अघि […]

मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरताः केन्द्रीय बैंक

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामार्फत निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति २०८२÷८३ को समीक्षा सार्वजनिक गर्दै थप खुकुला प्रावधान ल्याएको जनाएको हो । जेनजी आन्दोलनपश्चात बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका नीतिगत प्रयास र केन्द्रीय बैंकले अवलम्बन […]

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

बेलबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यस्मा कुनै शङ्का गर्नु नपर्ने बताएका छन् ।सोमबार बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गरेको  बताए । “हामीसँग […]

एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान ग्राउन्डेड

पेरिस । एयरबसले आफ्नो ए३२० सिरिजका १०० भन्दा कम विमानहरू अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ । गत हप्ता छ हजार जेटहरूमा असर पर्न सक्ने चेतावनी जारी गरेपछि उठेको चिन्ताबीच कम्पनीले अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा भइसकेको स्पष्ट गरेको हो ।​​​​​​​ एयरबसद्वारा जारी विज्ञप्तिमा ‘विशाल बहुमतका विमानहरूले आवश्यक संशोधन […]

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । विकास बैंकको १८ औ वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र वोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा […]

गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

महेन्द्रनगर । गृहमन्त्री ओमप्रकाश अर्यालयले सोमबार दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरेका छन् । धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गएका गृहमन्त्री अर्यालयसहितको टोलीले दोधारा चादँनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गर्नुभएको गृहमन्त्रीको निजी सचिव परशुराम पोखरेलले जानकारी दिए । “प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा अनुगमनका […]

कांग्रेस महाधिवेशन पुस २६-२८ मा काठमाडौँमा हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले महाधिवेशनको मिति पुष्टि गर्दै अब विशेष महाधिवेशनको आवश्यकता नभएको जानकारी दिएका छन् । ‘१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन । मूल कुरा अधिवेशन समयमा हुनुपर्छ,’ उनले भने । कांग्रेसले पारित गरेको […]

आठ वर्षदेखि एक हजार ८०० मिटर सडक अलपत्र

बाँके । खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको […]