राष्ट्रपति पौडेलसँग जापानी प्रतिनिधिमण्डलको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न आएको जापानका संसदीय मामिला उपमन्त्री सिमादा तोमोकी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवनमा भएको भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं । बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगकाअनुसार सबैभन्दा धेरै अस्थायी मतदान केन्द्र काठमाडौँमा छ वटा तोकिएका छन् । काठमाडौं जिल्लामा सात हजार ६८७ अस्थायी मतदाता कायम छन् । काठमाडौं महानगरपालिका–११ स्थित जगन्नाथ देवालयको केन्द्रीय कारागार, कामनपा वडा नं ३० स्थित डिल्लीबजार कारागार, नगार्जुन नगरपालिका–३ को सशस्त्र […]

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ । बैठकले मुलुकमा शान्तिसुरक्षा […]

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ । बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिइएको र सोहीअनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो । मन्त्रालयको सुरक्षा तथा समन्वय […]

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ । कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आवश्यक सहयोग र समन्वयमा सुरक्षा व्यवस्था सुदृढ तुल्याइएको उक्त प्रदेशका […]

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनु हुँदैन : राष्ट्रसघं

ब्रसेल्स । बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्वको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ । गत शनिबार इरानी सहर मिनाबको एक विद्यालयमा भएको आक्रमणमा १५० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ । इरानी सञ्चार माध्यमका अनुसार इरानले मङ्गलबार आक्रमणमा मारिएका […]

प्रतिनिधिसभा निर्वाचनः ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी […]

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् । कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने […]

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम सफा रहने जनाएको छ । आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो । महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश […]