नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९औं बैठकको निर्णयले यही २८ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालको लागि उहाँलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो। नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका […]

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन् । कार्कीले अर्जुन पोखरेललाई ४ सय ८८ मन्तान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीले १ हजार  ३ सय ३९ मत प्राप्त गर्दा पोखरेलले ८  सय ५१ मत प्राप्त गरे । पोखरेल ३४औँ महाधिवेशनमा पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए । उनीहरू […]

सिईडिबि हाइड्रोपावरले बोनस वापतको कर आफै तिर्ने

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी कम्पनीले घोषणा गरेको बोनस शेयरको कर बापतको रकम कम्पनीले नै तिर्ने जानकारी दिएको हो । कम्पनीले आइतवार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बोनस शेयरमा लाग्ने कर […]

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएपछि १ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि भन्दै असार २६ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म संस्थापकबाट आवेदन प्राप्त नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको […]

दिपलका इभीगाडीसँग जुनसुकै गाडी एक्सचेन्ज गर्न सकिने एक्चेन्ज मेला चल्दै

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले  ‘दिपल एक्सचेन्ज कानिर्भल’  सकीम ल्यायको छ । भदौ ३१ बाट सुरु मेला आगामी असोज ३ गतेसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा चलिरहेको छ  । यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरु खरिद गर्न […]

आन्तरिक राजश्व बिभाग अन्तर्गत १२३ अधिकृतको एकैपटक सरुवा

काठमाडौं । आन्तरिक राजश्व बिभागले एकै पटक १२३ जना कर अधिकृतको सरुवा गरेको  छ । राजश्व बिभागले प्रत्येक बर्ष भदौ असोज महिनाको छेको पारेर सरुवा गर्ने गरेको छ । बिभाग अन्तर्गत २ बर्ष कुनै पनि कार्यलयमा बसेर सेबा गरेको कर्मचारीको अन्तर कार्यलय सरुवा हुने गरेको छ । यो बर्ष पनि बिभागले सोही बमिजिम सरुवा गरेको […]

इन्द्रजात्रा र विश्वकर्मा पुजा आज मनाइदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको […]

सेयर धितो कर्जासम्बन्धी सीमा र व्यबस्था के छ ?

काठमाडौं । धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम […]

मनकामना केबलकार आजबाट पुन सुरु केवलकारमा ‘डिजिटल’  प्रविधि भित्रियो

काठमाडौं । विगत देखी मर्मत र मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालन हुने भएको छ  । स्तउन्नतिको लागि केही समय देखि केवलकार ग्राहकोलागि बन्द गरिएको थियो। अब मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुने छ । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य […]

कर्मचारी सञ्चय कोषको  ६३ औ वार्षिकोत्सव सम्पन्न, आगामी दिनमा लगानी विविधिकरण गर्ने प्रतिवद्दता

काठमाडौं । कर्मचारी सञ्चय कोषको  ६३ औ वार्षिकोत्सव मनाएको छ  । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पसाद पौडेलले कर्मचारी सञ्चय कोषले नेपाल सरकारले मानव जीवनचक्रको आधारमा सञ्चालित सामाजिक सुरक्षाका योजनामा सरकारलाई गरिरहेको सहयोगको लागि धन्यवाद दिदै कोषलाई औसत गतिमा सिमित नभई सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा पनि अधिकतम प्रतिफल दिने किसिमले […]