स्किल सेवाले चितवनमा पुस ६गते घर निर्माण सम्बन्धी नि:शुल्क परामर्श सेवा दिने

काठमाडौं । स्किल सेवा प्रालि ले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ।  पुष ६ गते शनिबार दिउँसो ११ बजे मनिग्राम बिस्राम बाटिका होटल, बुटवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो। घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिइने कम्पनीले […]

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ”भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ […]

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू

काठमाडौं । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक […]

कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ । मंसिर २९ गते शनिबार सम्पन्न नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको […]

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले […]

एनपीएल : काठमाडौंसँग विराटनगर एक विकेटले पराजित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौँले १८ दशमलव एक ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा दुई […]

भिभो क्रिककार्निवल: स्मार्टफोन खरिदमा आकर्षक पुरस्कार र बम्पर अफर

काठमाडौं । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७ औँ सेल्स कार्निवल, ”क्रिककार्निवल” को सुरुवात गरेको छ । यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बर देखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ, जसले ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू […]

सिराहाको गोलबजारमा नेपाल बैंकको आफ्नै भवनबाट सेवा सुरु

काठमाडौं । नेपाल बैंकले सिराहाको गोलबजारमा आफ्नै भवनबाट सेवा सुरु गरेको छ । गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट मंसिर २६ गतेदेखि बैंकिङ्ग कारोबार सुरु गरेको हो । गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरुपमा गोलबजार शाखाको […]

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ । शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ । मंसिर २२ बाट संचालनमा आएको यो […]

‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ जेएमईभी जीएसई नेपालमा सार्वजनिक

काठमाडौं । शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ। ‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ को रूपमा ख्याति कमाएको जेएमईभी जीएसईले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखिएको कम्पनीको भनाई छ। जेएमईभीको विश्वस्तरीय इन्जिनियरिङ जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (जेएमईभी) द्वारा निर्मित, जीएसई इभी […]