काठमाडौं महानगरपालिकामा तानाबानाः प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय प्रवेश
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई तीन महिना १४ दिनपछि कार्यालय प्रवेश गराइएको छ। उपप्रमुख सुनिता डंगोल तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा ताला फोडेर उनलाई कार्यकक्षमा प्रवेश गराइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई कार्यालय हाजिर गराउने वातावरण बनाउन आग्रह गर्दै एक महिना अघि पत्र पठाएको थियो। सोही निर्देशनअनुसार उनले आज कार्यालय […]

