एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र रवी बोपराले समान २१÷२१ […]

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच छुट सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिदै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा शतप्रतिशत, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, […]

प्रधानमन्त्री सुशीला कार्की, “आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन”

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो। प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल […]

मन्त्री कुलमान घिसिङबाट विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्याएको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् । बाढीका कारण त्यस क्षेत्रका सडक एवमु पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो […]

सुनचाँदी धितो कर्जा बढ्यो, कुन बैंकबाट कति प्रवाह ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे ८६ अर्ब रुपैयाँ बराबरको सुन-चाँदी धितोमा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को असोजसम्म बैंक तथा वित्त संस्थाहरुले  ८६ अर्ब ४० करोड ३० लाख रुपैयाँ सुनचाँदी कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ४२.३१ प्रतिशत अर्थात, […]

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी

काठमाडौं ।  “इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले “२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो। यी अवार्डहरू एमएडब्लू समूहको […]

नेपालमा हुवावेको Watch GT 6 Series सार्वजनिक

काठमाडौं । Huawei ले नेपालमा आफ्नो नयाँ Huawei Watch GT 6 Series औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसअन्तर्गत Huawei Watch GT 6 र Huawei Watch GT 6 Pro मोडेलहरू समावेश छन्। टिकाउपन, डिस्प्ले स्पष्टता र लामो ब्याट्री प्रदर्शनमा केन्द्रित यस श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा महत्वपूर्ण सुधार र नयाँ मानकहरू स्थापित गरेको छ। Huawei Watch GT […]

एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरुले डिशहोम गो एपमार्फत हाल भईरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् । ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रुपमा हेर्न सकुन भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले […]

हिंसापीडितको उद्धार र संरक्षणमा लागेको आदर्श गृहले आफ्नै भवन बनाउँदै

चितवन । मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो । हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख […]

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ । एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो । सरकारले युएई मुलुकका हकमा रु चार हजार ५०० […]