हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

काठमाडौं ।  नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक हुने भएको छ। नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै विकास गरिएको यो एप आगामी मार्च १, २०२६ (फागुन १७) गतेदेखि सञ्चालनमा आउने घोषणा गरिएको हो। ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित ल्याइएको एपले एउटै प्लेटफर्मबाट बहुआयामिक सेवा उपलब्ध गराउने दाबी गरिएको छ। एपको प्रमुख आकर्षणका रूपमा […]

मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द

पेरिस। अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन्, जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठूलो अवरोध देखा परेको छ । हजारौँ उडान ढिलाइ वा रद्द भएका छन्, हजारौँ यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन् । इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले […]

निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

जानकी।  गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताए । यही फागुन २१ गते हुने निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाकाबारेमा जानकारी लिने उद्देश्यले आज नेपालगञ्ज आइपुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले […]

कजारियाद्वारा विराटचोकमा नयाँ शोरूम उद्घाटन

विराटचोक ।  नेपालमा प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै आफ्नो उपस्थिति पूर्वी नेपालमा थप विस्तार गरेको छ। महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स […]

हवाई क्षेत्र सुरक्षित रुपमा खोलिएको घोषणा गरेपछि मात्रै पुन: उडान भर्नेछौं: कतार एयरवेज

काठमाडौं । कतार एयरवेजले कतारको हवाई क्षेत्र बन्द गरिएकाले तत्काल सञ्चालन गर्न सम्भव नभएको बताएको छ । एयरवेजले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै कतारी हवाई क्षेत्र बन्द गरिएकाले हालका लागि अस्थायी रूपमा उडान स्थगित गरिएको जनाएको छ। कतार नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र सुरक्षित रूपमा पुनः खोलिएको घोषणा गरेपछि मात्र कतार एयरवेजले उडान पुनः […]

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

सिराहा । सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक विजय कुमारलाई उक्त नगद सहित […]

खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । सरकारले खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ । इरानले युनाइटेड अरब […]

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो […]

१९.२७ अंकले बढ्यो नेप्से

काठमाडौं ।आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेको छ । बजार २६७४.२० अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको सेयर कारोबार भएको हो । ५५ हजार २०६ पटक्को कारोबार हुँदा १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।कारोबार रकम भने ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ पुगेको […]

इरानमा २०० भन्दा बढीको मृत्यु, जबाफी आक्रमण गर्दा कुन देशमा कति क्षति ?

काठमाडौं । मध्यपूर्वमा अझै पनि तनाव जारी छ । इरान ले २८ फेब्रुअरीदेखि खाडी देशहरुमा मिसाइल र ड्रोन प्रहार गरिरहेको छ । यो हमला इरानले संयुक्त राज्य अमेरिका र इजरायलद्वारा आफ्ना ठूला सैन्य र आणविक लक्ष्यहरुमा हवाई हमलाको प्रतिउत्तरमा गरेको हो । त्यो हवाई आक्रमणले इरानी अधिकारीहरुको दाबीअनुसार ठूलो मानवीय क्षति पुर्‍याएको र इरानले “आक्रमणको जवाफ दिन” […]