विस्तार गौरवको योजना सूर्यविनायक–धुलिखेल सडक
काभ्रेपलाञ्चोक।अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । मध्यपहाडी क्षेत्रमा यही राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रको गौरवको योजनाका रूपमा लिइएको छ । यस राजमार्ग विस्तारले सङ्घीय राजधानी काठमाडौँबाट पूर्वी मध्यपहाडी क्षेत्रलगायत […]

