स्वाभिमान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । संस्थाले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर तिर्न)  गरी १० प्रतिशत लाभांश दिने भएको हो । फागुन १५ गते शुक्रबार गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल […]

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो […]

नयाँपुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

नवलपरासी । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् । यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक […]

अभियन्ता दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे । प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे ५ । यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा […]

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए ।  ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन […]

उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण

बागलुङ । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न नगरपालिकाले साँघु निर्माण गरेको हो । हरेक वर्षात्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । चालु आर्थिक वर्षमा विनियोजन गरेको रु नौ […]

जितका बाबजुद सेमिफाइनल पुग्नबाट बञ्चित पाकिस्तान

काठमाडौं । साहिबजादा फरहानले उत्कृष्ट शतक प्रहार गरे पनि पाकिस्तान टि‌ ट्वान्टी विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ पाकिस्तानले श्रीलंकालाई ५ रनले हराए पनि नेट रन–रेटका आधारमा सेमिफाइनलमा स्थान बनाउन सकेन। फरहानले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय रन बनाए। उनको इनिङ्सको मद्दतले पाकिस्तानले ८ विकेटको क्षतिमा २ सय १२ […]

सडक पहुँचसँगै लसुनखेतीमा आकर्षित

भोजपुर। टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यतिबेला व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुनखेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो । ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् । मझौलेकी किसान विजया लुइँटेलले […]

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

झापा । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गरेकाे पाँच […]

इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा […]