कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

सिन्धुली। प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले सिन्धुलीको आदर्शनगर, का.न.पा–६ मा अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा शाह आइरन एण्ड […]

परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव छैनः प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नरहेको बताएकी छन्। आठौं समाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्य रहेको जिकिर गरिन् । […]

भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय

काठमाडौं ।बङ्गलादेश । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीनवटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात–सात वर्षका दरले सजाय तोकेका हुन् । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग ९एसिसी० ले गत जनवरीमा शेख हसिना र उनको परिवारका सदस्यहरू […]

निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने समय ४ दिन थपियो

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ता गर्ने अवधि ४ दिन थप गर्ने निर्णय गरेको छ । आयोगको कात्तिक २८ गतेको निर्णयअनुसार प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता अवधि २०८२ मंसिर १ गतेदेखि १० गतेसम्म तोकेकोमा उक्त अवधिमा १०६ वटा दलबाट […]

पञ्चवर्षीय रणनीतिक योजना बनाउँदै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना बनाउन सुरु गरेको छ । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना बनाउने अन्तरक्रिया तथा सुझाव सङ्कलन आज नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेकाे हाे । कार्यक्रममा पूर्वसांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरूप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना बनाउन सुझाएका […]

सिमरा घटनाबारे ओलीले बोलेको भिडिओ हटाउन फेसबुक पेजलाई प्रेस काउन्सिलको पत्र

काठमाडौं । प्रेस जगतको नियमकारी संस्था प्रेस काउन्सिलले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा भिडिओ हटाउन फेसबुक पेजहरुलाई निर्देशन दिएको छ । ‘मेरो न्युज डटकम’ लगायतका पेजहरूलाई काउन्सिलले पत्र पठाएर उक्त भिडिओ सम्पादन गर्न वा स्थगन गर्न भनेको छ । ओलीको अभिव्यक्तिबाट सानो अंश काटेर उत्तेजना फैलाउन खोजिएकाले यस्तो निर्णय गरिएको काउन्सिलका मुख्य […]

सक्रियता, समर्पण र विश्वास, बीमा क्षेत्रमै सफलताको शिखर चुमेकी अभिकर्ता ममता

सानिमा रिलायन्सकी ममता मिश्र : शिक्षणसँगै बीमामा असाधारण पहिचान बनाउन सफल अभिकर्ता काठमाडौं। चितवन खैरेनीटारकी ममता मिश्र पेसाले शिक्षक हुन्। स्नातक तहको अध्ययन पूरा गरेपछि उनले निजी स्कुलमा वर्षौँ शिक्षण गरिन्। शिक्षणप्रति गहिरो रुची भएकी ममताको निजी स्कुलमा पढाउदा खासै आकर्षक पारिश्रमिक भने थिएन। यसै क्रममा दिदि कविता न्यौपानेको सुझावले उनको जीवनले नयाँ मोड लियो, […]

उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधार्न मन्त्रालयले ल्यायो ३९ बुँदे कार्ययोजना

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समयसीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको हो । व्यावसायिक सुशासन प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी सहजीकरण, गरिबी निवारणका लागि लघुउद्यम विकास, दलित समुदायको परम्परागत तथा मौलिक पेसाको संरक्षण […]

बैंकमा कार्यरत महिला कर्मचारीको साथबाट सुन र नगद लुटपाट, चारजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा घर भई […]

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष द्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन् । यसैगरी महासचिव पदमा नवीन सारु (डोलबहादुर थापा), कोषाध्यक्षमा स्वाती घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (राम)श्रेष्ठ […]