कर्मचारी आक्रमण पछि इन्भेष्टमेण्ट मेगा बैंकले भन्यो : राज्यले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सुरुक्षाको सुनिश्चचता गर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियनले पछिल्लो समय बैंक तथा वित्तका कर्मचारीमाथि आक्रमण, दुर्व्यवहार, कुटपिटजस्ता गतिविधि र क्रियाकलाप बढेको भन्दै आपत्ति जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नरलाई विरोध पत्र लेख्दै युनियन अध्यक्ष शिवहरी भण्डारीले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो। ‘पछिल्लो समय वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमाथि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समूहहरुको प्रहारको केन्द्र […]

सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले उम्मेदवार बन्ने घोषणा गरेका हुन्। साम्पाङले भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु! जय माटो! जय देश!’ उनी श्रम संस्कृति […]

चुनावमा उठ्नेबारे मैले अहिलेसम्म कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र […]

ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा

काराकास। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गरेका छन् । उनले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसै सन्दर्भमा ह्वाइट हाउसले शुक्रबार अमेरिकी तेल कम्पनीका उच्च अधिकारीहरूसँग भेनेजुएलाको विषयमा छलफल गर्न […]

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई त्तकाल समाधान गर्न आग्रह गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम् परिस्थितिमा अगाडि बढिरहेको भन्दै पार्टीभित्र एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताए। “पछिल्लो पटक पार्टीभित्र देखा परेको अन्तरद्वन्द्वलाई आपसी संवाद, […]

जाजरकोटमा कर्मचारी सञ्चय कोषको अन्तरक्रिया कार्यक्रम

काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो । मनघाटस्थित नगरपालिकाको सभाहलमा शुक्रवार सञ्चालन भएको कार्यक्रममा कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी […]

पाँच महिनामा ४८ करोड ५२ लाखको छुर्पी निर्यात

झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव २०८१/८२ […]

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशबाट उम्मेदवार छनोट गर्दै नामावली सार्वजनिक गरेको हो। कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। यस्तै, गण्डकी प्रदेशबाट जगत […]

बिमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट गर्नु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल माध्यम) मार्फत गर्ने व्यवस्था लागू गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा मात्र जम्मा हुने […]

वीरगञ्जको जनजीवन सामान्य बन्दै

काठमाडौं । सर्वदलीयरसर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको छ । लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यू’ जारी गरिएको थियो । मङ्गलबार बेलुकादेखि भने यहाँका बजार छिटछुट रूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढेको छ । यहाँका विद्यालय, […]