क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न 

काठमाडौं । नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न भएको हो ।  क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौडा र […]

‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को मंगलबार शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। यस वर्षको यो दिवसको विश्वव्यापी नारा सान्दर्भिक […]

कफिनमै जीवित भेटिइन् थाई महिला

बैङ्कक । दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको […]

एमालेद्वारा सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सर्वोच्च अदालतमा रिट दिएको छ । विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रुपमा आज सर्वोच्च अदालतमा उक्त रिट निवेदन दिएका हुन् । सो रिट निवेदनमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति, प्रतिनिधिसभा विघटन तथा त्यसपछि भएका सबै निर्णय […]

प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ । फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतले आयोगमा उपस्थित भई मागपत्र […]

युरोपेली सङ्घको युक्रेन शान्ति योजनालाई रूसद्वारा अस्वीकार

मस्को । युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधानहरू “असंवैधानिक“ रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताए । शान्ति योजनाका बारेमा धेरै अनुमान तथा प्रयासहरु भएता पनि रूसले संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त शान्ति योजना र जानकारीलाई मात्र विश्वास गर्ने उनले बताए । यसै क्रममा […]

वीरगञ्ज नाका हुँदै ४ महिनामा २ खर्ब ८४ अर्बको सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२\८३ को ४ महिनामा रु २ खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ । गत आवको ४ महिनाको अवधिमा रु २ खर्ब ४१ […]

एनएमबी बैंकले ल्यायो ‘एनएमबी सफ्ट पीओएस’, पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी हुने प्रविधि

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र visa सँग सहकार्य गर्दै एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएकोछ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक (Physical) मेसिन बिना नैआफ्नो NFC इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्यमबाट डिजिटल कार्ड मार्फत […]

सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्काइदिएको छ । मंगलबार मिराज ढुंगानासहितको जेन-जी समूह सिंहदरबार छिर्न खोजेको थियो । तर निषेधित क्षेत्र भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो । प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्त नियुक्त गरेको भन्दै विभिन्न जेन–जी समूहले विरोध जनाएका छन् ।जेन–जीहरू सोमबार ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री […]

दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो एमाले

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको हो । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नु पर्नेछ । सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ […]