पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो ,सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैनः प्रमुख जिल्ला अधिकारी

मलेखु (धादिङ) । गत शनिबार र शुक्रबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् । सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्राय : शून्यजस्तै बनेको छ । वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे […]

इलाममा पहिरोले पुरिँदा ८ जनाको मृत्यु

काठमाडौं । पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए । यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको मृत्यु हुनुका […]

अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

चितवन। अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ । शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा […]

अविरल वर्षातको प्रभाव : प्रमुख ८ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

काठमाडौं । अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् । विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरु नियमित

काठमाडौं । वर्षा कम भएर आकाश खुल्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ उडान र अवतरण नियमित हुन थालेका छन् । प्रतिकूल मौसमका कारण हिजोदेखि आन्तरिकतर्फका उडान रोकिएका थिए । अन्तर्राष्ट्रिय उडानहरु पनि डाइभर्ट भएका थिए । पानी पर्न रोकिएपछि आज बिहानदेखि उडान र अवतरण नियमित भैरहेका विमानस्थलले जनाएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको छ । तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न […]

चेल्सी, युनाइटेड र आर्सनल विजयी, लिभरपुल स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमिर लिगमा गए राति भएका खेलमा चेल्सी, म्यानचेष्टर युनाइटेड र आर्सजन विजी भएका छन् । चेल्सीले लिभरपुल, युनाइटेडले सनटरल्याण्ड र आर्सनलले वेस्ट ह्यामलाई पराजित गरेको हो । अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुल चेल्सीसँग स्तब्ध बनेको छ । चेल्सीले लिभरपुललाई २–१ ले हराएको हो । चेल्सीले घरेलु मैदानमा मोइसेस काइसेडोको गोलमा अग्रता बनाएको […]

मेची करिडोरका तीन ठाउँका पुल बगे

काठमाडौं । अबिरल बर्षा पछिको बाढीले मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो । इलाम नगरपालिका–११ बेलासेमा माईखोला माथि करिब ५ वर्ष पहिले मात्रै बनेको पक्की पुल क्षतिग्रस्त भएपछि त्यहाँबाट आउजाउ ठप्प भएको छ । मेची राजमार्ग पहिरोले […]

नेपालको ६ विकेटको जित

काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानविरुद्धको अभ्यास खेलमा जित निकालेको छ । शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको हो । ओमानले प्रस्तुत गरेको १११ रनको सामान्य लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६१ रनको शानदार पारी खेले । […]

आज र भोलि सेयर बजार नखुल्ने

काठमाडौं । दशैँको बिदा सकिएर आजदेखि सेयर बजार खुल्नु पर्ने थियो । तर, अवस्था असामान्य भएको भन्दै सरकारले आज र भोलि सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार नहुने भएको हो । दशैँ बिदा पछि आजदेखि सेयर बजार खुल्ने भनिएको थियो । तर, देशभर भएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले थप दुई बिदा दिने घोषणा […]