मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज र श्री पोलिथिन एण्ड प्लास्टिकलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई दुई लाख बराबरको जरिवाना गरेको छ । यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई ५० हजार जरिवाना गरेको छ । विभागका अनुसार ती उद्योगलाई उपभोक्ता संरक्षण […]

शिखर पावरको आईपीओ माघ ६ देखि, पहिलो चरणमा स्थानीय र वैदेशिक नेपालीलाई

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आगामी माघ ६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक का लागि आईपीओ ल्याउन लागेको हो । कम्पनीले रु. १०० अंकित दरमा ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस […]

राष्ट्र बैंकले २० अर्ब बराबरको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ ।  राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ ङ’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । मंगलबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

कानुन मिचेर रकमान्तर

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब रु २९ करोड रकमान्तर गरिसकेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले रु १६ करोड १५ लाख ४२ […]

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरिएको हो । सञ्चालक समितिका अध्यक्ष ढकाललगायत सदस्यहरु […]

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ । मुस्ताङस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी […]

चाँदीको मूल्य बढ्यो,सुनको घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ  । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ५५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार […]

युनिक नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । यस संस्थाको पुस २२ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै […]

एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखिएको छ । बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै सेयर बिक्रीमा राखिएको हो । सेयर खरीदका लागि इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले आज पुस २३ गतेदेखि माघ २ […]